काठमाडाैँ- स्मार्टफोनमा कुनै पनि ब्राउजर अथवा एप्लिकेशन चलाउँदा बारम्बार विज्ञापन आउने समस्याले हैरान हुनुहुन्छ? यदि हैरान हुनुहुन्छ भने यसकाे समाधानकाे उपाय पनि छ। यस्ता समस्याबाट मुक्त हुन र अनावश्यक विज्ञापन ब्लक गर्न केही सेटिङस् परिवर्तन गर्नुपर्ने हुन्छ।
यस्ता छन् विज्ञापन ब्लक गर्ने उपाय
मोबाइलको सेटिङ्सबाट यसलाई सजिलै बन्द गर्न सकिन्छ। जसमा पहिले मोबाइलको सेटिङ्समा ‘कनेक्सनस्’ खोज्नुपर्ने हुन्छ। अधिकांश स्मार्टफोनमा ‘कनेक्सन’ मात्रै रहेको हुन्छ भने कुनैमा ‘कनेक्सन एण्ड शेयरिङ’ पनि हुन्छ। त्यसैगरी सेटिङ्सबाट सीधै कनेक्सन सर्च गरेर पनि खोज्न सकिन्छ।
पहिले ‘कनेक्सनस’ मा क्लिक गर्दा आउने अप्सनहरुमा ‘मोर कनेक्सनस’ क्लिक गर्नुहोस्। कतिपयमा सीधै कनेक्सन खोल्दा नै सेटिङ्सहरु देखिन्छन्।
‘मोर कनेक्सनस’ अथवा सीधै कनेक्सनमा क्लिक गर्दा देखिएका अप्सनहरुमा ‘प्राइभेट डीएनएस’ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ।
‘प्राइभेट डीएनएस’ मा तीन अप्सन देखिन्छन्। जसमा ‘प्राइभेट डीएनएस प्रोभाइडर होस्ट नेम’ लाई छनोट गरी तल लेखिएको नामलाई हटाएर स्मल लेटरमा ‘डीएनएस डट एडगार्ड डटकम’ (dns.adguard.com) लेखेर सेभ गर्नुहाेस्।
सामान्यतया सबैलाई अधिकांश एड अर्थात विज्ञापन क्रोम अथवा कुनै पनि ब्राउजर चलाउँदा आउने गर्छ। त्यसका लागि सबैको स्मार्टफोनमा रहेको क्रोम ब्राउजरमा गएर केही सेटिङ्स परिवर्तन गर्नुहोस्।
पहिले क्रोममा जानुहोस्। क्रोम खुलेपछि माथिल्लो दाहिने छेउमा रेहका तीन थोप्लामा क्लिक गर्नुहोस्। उक्त तीन थोप्लोमा विभिन्न अप्सन देखिन्छन्। जसमध्ये सेटिङ्स अप्सनमा क्लिक गर्नुहोस्।
सेटिङ्समा क्लिक गरेपछि अझै थप अप्सन खुल्छन्। उक्त अप्सनमध्ये ‘साइट सेटिङ्स’मा क्लिक गर्नासाथ विभिन्न आइकनहरु खुल्छन्।
विभिन्न आइकनहरुमध्ये ‘एडस’ अथवा ‘इनट्रुसिभ एड्स’ आइकनमा क्लिक गर्नुहोस्। उक्त अप्सनभित्र अन अर्थात चालू रहेको अप्सनलाई अफ अर्थात बन्द गर्नुहोस्। यसले ब्राउजर चलाउँदा होस या स्क्रिनमै बारम्बार आइरहने विज्ञापनलाई ब्लक गरिदिन्छ।