काठमाडाैँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ का लागि संसद्को दुवै सदनमा केही वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखेका छन्। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट भाषणमा नयाँ नेपाली झाेला प्रयाेगमा ल्याइएकाे हाे।
अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको हाे।
यसअघि दशकौंदेखि अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे। तर, यसपालि गठनबन्धन सरकारका अर्थमन्त्री पुनले नेपाली झोला प्रयोग गरेका हुन्।
अर्थमन्त्री पुनले उक्त झोला पर्यटन गन्तव्य ठमेलबाट खरिद गरिएकाे, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पदान प्रयोग बढाउनुपर्छ भनेर ब्रिफकेसको सट्टा अल्लो र ढाकाको कपडा मिश्रित झोलामा बजेट वक्तव्य प्रयाेग गरिएकाे बताए।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ।
यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।
आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्।
त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा विभिन्न कार्य गर्ने बताइएको छ। उर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकास गरी पाँच क्षेत्र सरकारको रूपान्तरणकारी योजना भएको अर्थमन्त्री पुनले बताए।