काठमाडाैँ- राइटपाथ करियर काउन्सिलिङले 'ग्राण्ड एजुकेसन कनक्लेभ - २०२४' मा ७ हजार भन्दा बढि विद्यार्थी सहभागी भएकाे जनाएकाे छ।
कनक्लेभकाे अन्तिम दिन ललितपुरकाे कुमारीपाटी स्थित काउन्सिलिङकाे कार्यालयमा पत्रकार सम्मेलन मार्फत देशभरका विभिन्न सहरका शाखा कार्यालयमा आयाेजित कार्यक्रममा सहभागी विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गरिएकाे आयाेजकले जनाएकाे हाे।
गत वैशाख २९ गते काठमाडौँमा सम्पन्न गरिसकेपछि बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज जेष्ठ ८ गते ललितपूरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
राइटपाथले कार्यक्रममा लक्ष्य भन्दा बढि विद्यार्थी सहभागी भएकाे जनाएकाे छ। कार्यक्रममा बाेल्दै राइटपाथका सीईओ फिलिप डिसीले कनक्लेभमा विद्यार्थीले विदेश अध्ययनका बारेमा सम्पूर्ण जानकारी सम्बन्धित देशका विश्वविद्यालकै प्रतिनिधीबाट प्राप्त गरेकाे बताए।
उनका अनुसार फेयरमा सहभागी विद्यार्थीले विभिन्न युनिर्भसिटिको स्कलरसिप, ६ हजार पर्ने आइएलटिएस मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर, प्रोसेसिङ्ग शुल्कमा सतप्रतिशत छुट प्राप्त गरेका छन्। यसका साथै विद्यार्थीलाई फ्रि मुभि टिकट र आकर्षक गिफ्ट ह्याम्परसमेत उपलब्ध गराइएकाे छ।
कन्क्लेभमा गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठ पनि उपस्थीत भएकी थिइन्।