काठमाडौं- आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दरखास्त आह्वान गरिएको म्यादी प्रहरीका लागि स्नातक तह उत्तीर्ण गरेका ३ सय ४१ जनाले आवेदन दिएका छन्।
सरकारले शैक्षिक बेरोजगारीको समस्या समाधान गर्ने दाबी गरिरहेका बेला न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ भनेर ४० दिनका लागि खुलाइएको विज्ञापनमा स्नातक तह उत्तीर्ण गरेका ३ सय ४१ जनाले आवेदन दिएका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार कक्षा १२ उत्तीर्ण गरेका ३२ हजार १२ जनाले आवेदन दिएका छन् भने कक्षा १० उत्तीर्ण गरेका ८३ हजार २ सय ११ जनाले आवेदन दिएका छन्।
यस्तै १ लाख ७७ हजार ७ सय ५० जनाले साधारण लेखपढ गर्न जान्ने भन्दै आवेदन दिएका छन्। सरकारले एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो। यसमा २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको प्रधान कार्यालयको विवरणमा उल्लेख छ।
आवेदन दिनेमध्ये महिलाको संख्या ६९ हजार ६ सय ८० जना छ भने पुरुषको संख्या २ लाख २३ हजार ६ सय ३२ छ। उपत्यकालाई पनि एउटा प्रदेशको रुपमा लिएर आठ वटा प्रदेशमा विभाजन गरिएको आवेदकको संख्यामा म्यादी प्रहरी छनोट प्रक्रियामा सहभागी हुन चाहनेमध्ये सबैभन्दा धेरै मधेशबाट ६८ हजार ६ जना छन् भने सबैभन्दा कम उपत्यका प्रदेशमा १३ हजार ९ सय ५० जनाको आवेदन परेको छ।
आवेदन दिनेमध्ये २० देखि ३० वर्षे उमेर समूहका युवाको संख्या सबैभन्दा बढी १ लाख ३३ हजार ४ सय ७६ जना छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागले खुलाएको विज्ञापनमा चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिने समय तोकिएको थियो।
म्यादी प्रहरीले नेपाल प्रहरीको जवानसरह तलब र रासनबापत थप सात हजार रुपैयाँ पाउनेछन्। निर्वाचनमा खटिने म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन्। त्यसमा थप छ हजार रुपैयाँ बराबरको लत्ताकपडा र एक हजार रुपैयाँ गाडी भाडा पाउने व्यवस्था छ।
म्यादी प्रहरीले दुई जोर जुत्ता–मोजा, झुल र स्लिपिङ ब्यागसमेत पाउँछन्। उनीहरुलाई रासन र कपडासहित सरकारले ४४ हजार ४ सय ८० रुपैयाँ उपलव्ध गराउँछ। म्यादी प्रहरी छनोट प्रक्रिया चैत १५ गतेबाट सुरु भएर २२ गते