काठमाडाैँ- हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८ अर्थात् जेठ ५ गते शनिबार ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको छ।
विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने उद्देश्यले फेयरकाे आयाेजना गर्न लागिएकाे हब इन्टरनेशनलले जनाएकाे हाे।
कार्यक्रममा यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ भन्दा बढी मुलुकका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीहरूलाई आवश्यक जानकारी प्रदान गर्नेछन्।
यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने आयाेजकले जनाएकाे छ।
ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ मा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्। सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्नेछन्।
यो कार्यक्रम शैक्षिक मेला मात्र नभएर विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरकाे रुपमा लिन हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धब बहादुर खड्काले जानकारी दिए।
ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको बारेमा यो लिङ्क वा ०१-५३४२०९६ मा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।