काठमाडौँ- नेपाल शिक्षक महासंघको अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी चयन भएका छन्। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो।
सहअध्यक्षमा नानुमाया पराजुली चयन भएका छन्। उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्रप्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देवीदत्त पौडेल चयन भएका छन्।
त्यस्तै उपमहासचिव अर्थतर्फ मदनराज जोशी चयन भएका छन्। अर्का उपमहासचिवमा गुरुप्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन्।
सचिवहरूमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबुप्रसाद जोशी, हरिप्रसाद जोशी र सुरेश शाह सोमार चयन भएका छन्।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले भने महाधिवेशन नै बहिष्कार गरेको थियो। सङ्गठनको भागमा परेका पदहरू खाली राखेर महासङ्घको नयाँ नेतृत्वको घोषणा गरिएको हो। सङ्गठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ र सदस्य ६ गरी ११ जनाको पद खाली राखिएको हो।
संगठनले महासङ्घको महाधिवेशन वैधानिक तरिकाले नगरेको भन्दै बहिस्कार गरेको हो। सुरुमा स्थानीय तह, जिल्ला, प्रदेशदेखि नै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासंघ पुनर्गठन गर्नुपर्ने अडान राखेर सङ्गठनले महाधिवेशन बहिस्कार गरेको हो।