काठमाडाैँ- कोरिया शैक्षिक परामर्श संघ, नेपाल (केइक्यान)ले कोरियाको शिक्षा प्रणालीका विषयमा जानकारी दिने उद्देश्यले परामर्श व्यवसायी केन्द्रित जानकारीमुलक कार्यक्रमको आयोजना गरेको छ।
कोरियाको FAREAST UNIVERSITY र CHUNGCHEONGBUK प्रदेशकाे सहकार्यमा आयाेजित कार्यक्रममा नेपालबाट काेरिया अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका परामर्श व्यवसायीलाई विश्वविद्यालयकाे शिक्षण पद्धति, काेरियाकाे शिक्षा नीति र आवश्यक प्रक्रियाकाे विषयमा जानकारी दिइएकाे हाे।
कार्यक्रममा FAREAST UNIVERSITY का अध्यक्ष DR lyu,Kee IL ले काेरियाकाे शिक्षा प्रणाली र विश्वविद्यालयले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरकाे गुणस्तरीय शिक्षाकाे विषयमा जानकारी दिएका थिए।
यस्तै कार्यक्रममा बाेल्दै काेरियाकाे CHUNGCHEONGBUK प्रदेशकी शिक्षा सचिव Prof. Lee, Young Eun ले उक्त प्रदेशकाे शिक्षा नीति, प्रदेश भित्र रहेका १७ वटा विश्वविद्यालय र उनीहरुले प्रदान गर्ने व्यवहारिक र प्रयाेगात्मक शिक्षाकाे विषयमा जानकारी दिइन्। उनले समग्र काेरियाकाे जन्मदर घटेसँगै दक्ष युवा कामदारकाे माग बढेकाे र यस प्रदेश काेरियाकाे सेन्टरमा हुनुका साथै उद्याेग कलकारखानाकाे विकासका कारण अध्ययन पश्चात राेजागारीकाे संभावना पनि बढी भएकाे बताइन्।
कार्यक्रममा CHUNGCHEONGBUK प्रदेशका शिक्षा अधिकृत Jeong,SeungHwan ले प्रदेशकाे शिक्षा नीति, पठन संस्कृति, शैक्षिक संरचना, राेजगारीकाे अवसरकाे विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा विभिन्न संघ संस्थाबाट उपस्थित व्यक्तिलाई धन्यवाद ज्ञापन गर्दै केइक्यानका अध्यक्ष गणेश शर्माले विश्वविद्यालका प्रतिनिधी नै यहाँ आएर काेरियाकाे शिक्षाकाे विषयमा जानकारी लिने अवसर प्राप्त भएकाे र आगामी दिनमा पनि अन्य विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा केइक्यानका उपाध्यक्ष बिष्णु खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई सचिव नरेश सेडाइले सञ्चालन गरेका थिए।
कार्यक्रममा FAREAST UNIVERSITY का उपाध्यक्ष Park, Seung Ryel, शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)का अध्यक्ष प्रज्जवल बस्नेत, सक्रिय शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष किशाेर तिवारी, आईरिन उपाध्यक्ष रमा कंडेल, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव दीपकराज भुषाल लगायतकाे उपस्थिति रहेकाे थियाे।
नेपालबाट प्रत्येक वर्ष करिब ३ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि काेरिया जाने गरेका छन्।