काठमाडाैँ- क्यानडा गुणस्तरीय शिक्षा र अध्ययन पश्चातका अवसरका हिसाबले नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। पछिल्लो समय विद्यार्थीको आवश्यकता र चाहनाले यो गन्तव्य नेपाली विद्यार्थी रोजाइको केन्द्रमा छ। क्यानडामा अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित शैक्षिक गन्तव्य, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणले नेपाली विद्यार्थी क्यानडामा आकर्षित भएका छन्।
आर्थिक रुपमा सवल र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा आर्जन गरेर विश्वबजारमा विक्न सक्ने दक्ष जनशक्तीको रुपमा आफूलाई स्थापित गर्न चाहने विद्यार्थीका लागि क्यानडा फलादायी सावित भएको छ। क्यानडा अध्ययनमा जान आर्थिक रुपमा विचार गरेर मात्र जानुपर्छ। क्यानडा जाने वित्तकै सबै सहज हुन्छ भन्ने हुँदैन। क्यानडा गएको ५ – ६ वर्ष पछि भने आफूलाई स्थापित गर्न सक्छन्। अन्य मुलुकको तुलनामा क्यानडा स्थायी वसोबासका हिसावले सहज छ।
यदि छोटो अवधिलाई मात्रै हेरेर क्यानडा जाने हो भने यो गन्तव्य अलि खर्चिलो देखिन्छ। ओन्टारीयो भन्दा अन्य ठाउँमा जाने हो विद्यार्थीले बढी भिसा पाएको अवस्था छ। क्यानडा अध्ययनमा गएका विद्यार्थीले काम नपाउँदा समस्या भोग्नुपरेको अवस्था छ। विद्यार्थीले क्यानडामा केही समय दुःख गरेपछि सुःखको दिन आउँछ भन्ने सम्झिनुपर्छ। त्यसैले क्यानडा जानुपूर्व आफू जादाँ लाग्ने लागत खर्च, त्यहाँ गएपछि बसोबासको व्यवस्थाको विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र जानुपर्छ। विद्यार्थीलाई त्यहाँ गएपछि सबै सजिलो हुन्छ भन्ने भ्रम छ। विद्यार्थी क्यानडा गएपछि त्यहाँ संघर्ष गर्नुपर्छ भन्ने विषयमा पहिले नै सचेत हुनुपर्छ। स्थायी बसोबासका हिसाबले पनि क्यानडामा अवसर छ।
नेपालबाट जाने विद्यार्थीको हकमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट, सोसियल सर्भिस, स्वास्थ्य लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ। विद्यार्थीले सहुलियत शुल्क र सहज रुपमा भिसा प्राप्त गर्ने विषय रोजेर आवेदन गर्ने प्रचलन छ। ६ महिनाको शुल्क मात्र तिरेर जान पाइने शिक्षणसंस्था र विषयलाई रोजेको अवस्था पनि छ। विद्यार्थीले नजिकको इन्टेकको कोर्समा जाने गरेका छन्। विद्यार्थीलाई प्राविधिक र व्यवसायीक कोर्समा अध्ययन गर्न जानु उपयुक्त हुन्छ। क्यानडा जाने विद्यार्थीको उद्देश्य के हो भन्ने प्रमुख विषय हो।
आर्थिक रुपमा सवल विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाएर मात्र हामीले उनीहरूको भिसा आवेदन प्रक्रिया अघि बढाउँछौँ। विद्यार्थीले आफू अध्ययनमा जाने कलेज, पढ्ने विषय र अध्ययनपश्चातका अवसरका बारेमा बुझेर मात्र क्यानडा जानु उपयुक्त हुन्छ। विद्यार्थीले रिसर्च गरेर स्टेटमेन्ट अफ प्रपोज (एसओपी) लेख्नुपर्ने हुन्छ। उसले आफ्नो भविष्यको योजना र अवसरको विषयमा स्पष्ट रुपमा बुझेर मात्र जानुपर्छ।
क्यानडा नै किन ?
नेपालबाट क्यानडा नै अध्ययन गर्न जाने उद्देश्य बोकेका विद्यार्थीको संख्या करिब २० प्रतिशत छ। उनीहरूले क्यानडा अध्ययनको बारेमा रिसर्च गरेका हुँन्छन्। विद्यार्थी स्थायी बसोबास र गुणस्तरीय शिक्षाका कारण आकर्षित भएका हुन्। अंग्रेजी भाषा बोलिने मुलुक हुनुका साथै विद्यार्थीले अध्ययनमा छात्रवृत्ति पाएका कारण पनि गएको देखिन्छ।
क्यानडामा अन्य मुलुकको तुलनामा शिक्षण शुल्क पनि कम छ। अन्य मुलुकमा भिसा प्राप्त नगरेका विद्यार्थी पनि क्यानडालाई दोस्रो रोजाइको गन्तव्यका रुपमा लिएर जाने गरेका छन्। संख्यात्मक रुपमा वृद्धि भएपनि क्यानडा विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सकेको अवस्था भने होइन। आफ्नो परिवारका सदस्य क्यानडामा भएका कारण पनि विद्यार्थीले शैक्षिक गन्तव्यको रुपमा क्याडालाई रोजेको अवस्था छ।
संख्यात्मक रुपमा वृद्धि भएपनि क्यानडा विद्यार्थीको पहिलो रोजाइको शैक्षिक गन्तव्य बन्न सकेको अवस्था भने होइन। आफ्नो परिवारका सदस्य क्यानडामा भएका कारण पनि विद्यार्थीले शैक्षिक गन्तव्यको रुपमा क्यानडालाई रोजेको अवस्था छ। क्यानडामा छोटो समयमा स्थापित हुन सकिने, स्वास्थ्य विमा, शिक्षामा छात्रवृत्ति लगायका कुराले विद्यार्थीलाई तानेको छ। क्यानडाले विद्यार्थीको वास्तविक ‘एकेडेमीक इयर ग्याप’लाई पनि जस्टिफाई गर्ने रिजन भए मान्यता दिन्छ। कक्षा १२ उत्तीर्ण गरेको ४–५ वर्ष पछि पनि विद्यार्थीले आवेदन गर्दा भिसा पाएको अवस्था छ भने स्नातकोत्तर तहको हकमा १० वर्षसम्म पनि ग्याप एसेप्ट भएको अवस्था छ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
विद्यार्थीले क्यानडालाई आफ्नो रोजाइको शैक्षिक गन्तव्य ठान्दै गर्दा उक्त गन्तव्य आफूलाई उपयुक्त हो कि होइन विचार गर्नुपर्छ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सार्वजनिक विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। आर्थिक रुपमा सवल नभएका ऋण गरेर जाने विद्यार्थीले त्यहाँ गएपछि पढाइकै क्रममा उक्त ऋण तिर्न सकिन्छ कि सकिदैन भन्ने विचार गर्नुपर्छ। दुईवर्ष अध्ययनकै क्रममा विद्यार्थीलाई लाग्ने खर्च ३० देखि ३२ लाखको जोहो गरेर मात्र क्यानडा जानुपर्ने हुन्छ।
अभिभावकले आफ्नो छोराछोरीलाई क्यानडा पठाउँदै गर्दा ५० लाख सम्मको जोहो गर्न सक्छु भन्ने सम्झिनु पर्छ। विद्यार्थीले आफू अध्ययन गर्न जाने क्याम्पस वा विश्वविद्यालय नीजी वा सरकारी लगानीमा स्थापित हो भन्ने कुरामा बुझेर मात्र जानुपर्छ। विद्यार्थीले आफ्नो भविष्यको योजना नेपालमै बनाएर जानुपर्छ। कसैको लहलहैमा लागेर वा नेपालमा संभावना नदेखेर क्यानडा अध्ययनका लागि जानु हुँदैन। विद्यार्थीले जानु अघि आफू बस्नेठाउँको सुनिश्चित नेपालमै गरेर जानुपर्छ।
गर्नुपर्ने तयारी
कक्षा १२ उत्तिर्ण गरेर स्नातक तह अध्ययन गर्न जाने विद्यार्थी संख्या ठूलो छ। क्यानडाले पनि ‘फ्रेस स्टुडेन्ट’ लाई नै बढि भिसा दिएको अवस्था पनि छ। विद्यार्थीले कक्षा १२ मा ३.० जीपीए भन्दा माथि ल्याएको छ भने मात्र उसले क्यानडाका लागि आवेदन दिनु उपयुक्त हुन्छ।
क्यानडामा अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस, टोफल र पीटीई) को स्कोरको आधारमा पनि छात्रवृत्ति पाइने भएकाले विद्यार्थीले भाषा गत दक्षता वृद्धि गर्न तयारी गर्नुपर्ने हुन्छ। विद्यार्थीले एउटा मात्र विश्वविद्यालयमा आवेदन नदिएर चार देखि पाँचवटा विश्वविद्यालयमा उच्च शिक्षा आर्जन गर्नका लागि आवेदन दिने र जसले बढी छात्रवृत्ति दिन्छ सोहि विश्वविद्यालयमा पढ्न जाँदा सहज हुन्छ।
विद्यार्थीले क्यानडा अप्लाई गर्नुअघि एउटा परामर्शदाताकोमा मात्र नगएर दुई भन्दा बढी परामर्शदाताकोमा गइ क्यानडा अध्ययनका बारेमा परामर्श लिनु उपयुक्त हुन्छ। कक्षा १२ को नतिजा र भाषा परीक्षाको नतिजा आएपछि मात्र अरु प्रक्रिया सुरु हन्छ। विद्यार्थीको शैक्षिक योग्यता र विषयगत दक्षतालाई प्रष्ट पार्ने कागजात बनाउनुपर्ने हुन्छ।
विद्यार्थीको अतिरिक्त क्रियाकलापमा भएको सहभागिता, उसको दक्षतालाई प्रष्ट पार्ने कागजपत्र, विद्यार्थी अध्ययनकै क्रममा लिएको तालिम र सिप, आर्थिक कागजपत्र बनाउँदा अभिभावकको आयस्रोत, सम्पत्तिको विवरण, अध्ययकै क्रममा उसलाई लाग्ने खर्च लगायतका विषयमा ध्यान दिनुपर्छ। यसमा शैक्षिक कर्जालाई पनि महत्वपूर्ण मानिन्छ। विद्यार्थीले आफू क्यानडा अध्ययनका लागि जानुको उद्देश्य स्पष्टसँग खुलाउनुपर्ने हुन्छ। विद्यार्थीले सहि समयमा आफूलाई उपयुक्त शिक्षणसंस्था छनोट गर्नुपर्छ। एउटा विद्यार्थीले आफ्नो भिसा आवेदन प्रक्रिया पूरा गर्न ३ देखि ४ महिना समय लाग्छ।
शिक्षा नीतिमा भएका परिवर्तन
गत जनवरी २०२४ बाट क्यानडाको अन्तर्राष्ट्रिय भिसा नीतिमा केही परिवर्तन भएको छ। पब्लिक प्राइभेट पार्टनरसिप भएका कलेजमा मे १५ २०२४ भन्दा पछाडि अध्ययन गर्न जाने विद्यार्थी पोष्ट स्टडि वर्क पर्मिट(पीएसडब्लु) पाउँदैन। त्यसकारण नीजी र सरकारी साझेदारीमा सञ्चालित कलेजमा जाने विद्यार्थीले वर्क पर्मिट पाउँदैनन्। त्यसैले विद्यार्थी सरकारी कलेज वा विश्वविद्यालयमा मात्र भर्ना भएर पढ्नुपर्छ। केही समय अघि विद्यार्थीले आफूसँगै सहज रुपमा डिपेन्डेन्ट लान पाउने व्यवस्था थियो भने अहिले यसको मापदण्डमा पनि परिवर्तन भएको छ।
स्नातक तहका केही विषय, स्नातकोत्तर तह र सो भन्दा माथि अध्ययन गर्न चाहने विद्यार्थीको हकमा स्टडि पर्मिट भएपछि मात्र डिपेन्डेन्ट अप्लाई गर्नुपर्ने हुन्छ। पोष्ट ग्राजुयट र डिप्लोमा तहमा अध्ययन गर्न जाने विद्यार्थीले भने डिपेन्डेन्ट लान पाउँदैनन्। विद्यार्थी क्यानडा जाने बेला विवाहित भएपनि एक्लै आवेदन गर्नुपर्ने हुन्छ। क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कमी ल्याउने उद्देश्यले नै नीतिमा परिवर्तन गरेको देखिन्छ।
छात्रवृत्तिको व्यवस्था
क्यानडाका सरकारी विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक योग्यता ३.७ जीपीए भन्दा माथि हुनुपर्छ। अंग्रेजी भाषा परीक्षाका सबै टेस्टमा ७ अंक भन्दा माथि ल्याउने विद्यार्थीको हकमा पूर्ण छात्रवृत्ति पाउन सक्ने संभावना रहन्छ। पोस्ट ग्राजुएट तह र डिप्लोमा तहमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँदैनन्। स्नातक तह वा सो भन्दा माथि विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीले छात्रवृत्ति पाउँछन्।
रोजगारीको अवसर
क्यानडामा अध्ययनकै क्रममा वा अध्ययन पश्चात कसैको रिफ्रेन्समा जाने हो भने रोजगारीको अवसर पाउन सहज हुन्छ। क्यानडा गएकामध्ये ६० प्रतिशतले रोजगारी पाएका हुन्छन्। समान्यतया क्यानडा गएको ५ देखि ६ महिना भित्र विद्यार्थीले काम पाएको अवस्था छ।
विद्यार्थी पढ्नकै लागि जाने भएकाले पढाइको अवधिमा पार्टटाइम काम गर्न पाउँछन्। विद्यार्थीले क्यानडामा हप्ताको २० घण्टा काम गर्न पाउछन्। यसरी काम गरेको पैसाले उसको दैनिक खर्च चल्न सक्छ तर कलेज फी तिन सक्ने अवस्था हुँदैन। त्यसैले नेपालबाटै एक वर्षको कलेज फी तिरेर क्यानडा जानु उपयुक्त हुन्छ। क्यानडा सरकारले समयसमयमा विद्यार्थीलाई पनि विदाको बखतमा फूल टाइम काम गर्ने अवसर प्रदान गर्छ।
क्यानडा सरकारले विदेशी विद्यार्थीलाई अध्ययन पश्चात ३ वर्ष काम गर्ने अधिकार प्रदान गरेको छ। त्यसपछि स्नातक उत्तीर्ण गरेको विद्यार्थीले स्नातकोत्तर तहमा अध्ययन गर्न पाउँछन्। नेपालबाट कुकिङ स्कील होस वा कपाल काट्न जानेको नै किन नहोस सिप भएका व्यक्तीले सहज रुपमा रोजगार पाएको अवस्था छ। आईटीका विद्यार्थीले पढाइकै क्रममा पनि काम पाएका छन्।
यदी तपाई क्यानडा जाने याेजनामा हुनुहुन्छ भने प्रवन्ध निर्देशक खड्काबाट परामर्श लिन सक्नुहुनेछ।