काठमाडौं - एक्सेस एजुकेसन नेटवर्कले यही चैत्र १३ देखि १८ गतेसम्म एक्सेस अष्ट्रेलिया एडमिसन विकको आयोजना गर्ने भएकाे छ ।
एक्सेसले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई आफ्नो शैक्षिक गन्तब्यकाे खाेजी गर्न सहयाेग पुग्ने जनाएकाे हाे । विद्यार्थीले एक्सेस अष्ट्रेलिया एडमिसन विकमा अष्ट्रेलियामा भएका कलेज तथा युनिभर्सिटीकाे भाैतिक शैक्षिक पुर्वाधार, त्यहाँका भर्ना प्रक्रिया र पढाइ हुने कोर्सको बारेमा यस कार्यक्रममा जानकारी दिइने जनाएकाे छ ।उक्त कार्यक्रममा विभिन्न कोर्षहरुकाे लागत शुल्क, छात्रवृत्ति,ग्रान्ट लगायतका विभिन्न अफरको सुविधा समेत रहेको छ ।
यस कार्यक्रम एक्सेसले काठमाडाैंमा रहेका आफ्नो ३ मुख्य कार्यालय पुतलीसडक, शाखा कार्यलय बानेश्वर र ललितपुर शाखा कार्यालय कुमारीपाटीमा गर्दैछ ।
एक्सेस अष्ट्रेलिया एडमिसन विकमा अष्ट्रेलियाबाट हार्बर कलेज, सिड्नी मेट्रो, क्वीन्सफोर्ड कलेज, साउर्थन एकेडेमी, सिड्नी सिटी कलेज, र्यान्सफोर्ड कलेज, मेडिकस कलेज, प्यासिफिक कलेज, भाइब कलेज, सेन्टरबरी इन्सिच्युट, क्राउन इन्सिच्युट, अष्ट्रेलासियन इन्टरनेसनल एकाडेमी, स्कील्स अष्ट्रेलिया इन्सिच्युट, इन्टरनेशनल इन्सिच्युट अफ एजसकेशन, आरजी आइ टी अष्ट्रेलिया, अष्ट्रलियन टेक्निकल कलेजका प्रतिनिधिको पनि उपस्थिति रहने छ । यी कलेजमा धेरै नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।
विगत १७ वर्षदेखि अष्ट्रेलिया, युके, अमेरिका, न्युज्यल्याण्डलगायतका विभिन्न देशमा विद्यार्थीलाई भर्ना तथा परार्मश दिँदै आएको एक्सेसकाे काठमाडाैं, चितवन, पोखरा, बुटवल, बिराटनगर र बिर्तामोडमा शाखा कार्यलय रहेकाे छ। एक्सेसले यी सबै शाखाबाट विद्यार्थीलाई सेवा र परार्मशसमेत दिइँदै आइएको छ ।