काठमाडाैँ- नेपाल ल्याब हाउसका प्रवन्ध निर्देशक प्रा. डा विदुर प्रसाद वस्तीले अध्ययन तथा रोजगारीको लागि विदेश जाँदा स्वास्थ्य परीक्षण गरेर मात्र जान सुझाब दिएका छन्। डा. वस्तीले अस्वस्थ भइ विदेश गएमा विभिन्न समस्या आइपर्ने भएकाले स्वास्थ्य जाँच गरेर मात्र विदेश जान सुझब दिएका हुन्।
उनले पछिल्लो समय विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई मानसिक तथा शारिरिक स्वास्थ्य परीक्षण गरेर मात्र आफ्नो रोजाइको शैक्षिक गन्तव्यमा जान भनेका छन्।
उनले नेपाल ल्याब हाउसले स्वास्थ्य परिक्षण गर्ने र स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने काम गरेको बताए। उनका अनुसार पछिल्लो समय युवाहरूमा यौनरोग, क्षयरोग (टिबी) लगायतका रोगहरू देखा परेका छन्। जसको समयमै उपचार गरेमा पूर्ण रुपमा निको हुन्छ। तर, अस्वस्थ नभई स्वास्थ्य परीक्षण नगराउने बानी र व्यवहारले ठूलो स्वास्थ्य जोखिम देखा परेको छ।
‘हाल सुरुवाती चरणमा स्वास्थ्य समस्या नदेखिने र देखिएपछी निको नहुने खालका रोगहरुको उदयले विद्यार्थी तथा कामदारको भविष्य बिग्रिएको छ। सामान्य स्वास्थ्य सावधानी नअपनाउदा स्वास्थ्य सम्बन्धी जटिल समस्यासँग जुध्नु परेको वास्तविकता छ’,उनले भने।
उनले नेपाल ल्याब हाउससँग भएका परिक्षणहरू मध्ये करीब १५ प्रतिशत विद्यार्थी तथा कामदारहरूलाई कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखा परेको बताए। ल्याब हाउसको तथ्याङ्क अनुसार देखिएका समस्या मध्ये ३ प्रतिशतलाई क्षयरोग, ३ प्रतिशतलाई छाला तथा यौनरोग र बाँकीमा हेपाटाईटिस, गर्भवती, एमोनिया तथा दात सम्बन्धी समस्याहरू देखा पर्ने गरेको छ।
उनले नेपालल्याब हाउस प्रा लि नेपाल सरकार राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुबाट ‘क’वर्गको स्विकृत प्राप्त ल्याब भएकाले पनि यहाँ स्वास्थ्य परीक्षण गरेर जान सक्ने बताए। उनका अनुसार नेपाल सरकारबाट स्विकृत प्राप्त सिटी क्लासिक, फार्मेशी आवासिय स्याहार, डमी केयर र सामुदायिक स्याहार सेवाहरु पनि सञ्चालनमा छन्।
नेपाल ल्याब हाउसले मोलिक्युलर, हेमाटोलोजी, साइटोलोजी र माईक्रोबायोलोजी सेवा सन्चालन गर्दै आइरहेको छ। हालसम्म करीब २ लाख व्यक्तिहरूको रगतमार्फत परीक्षण भईइसकेको ल्याब हाउसले जनाएको छ।