काठमाडौँ- कोरिया शैक्षिक परामर्श संघ नेपाल (केइक्यान)ले शैक्षिक परामर्श व्यवसायीलाई काेरियाकाे शैक्षिक जानकारी दिने उद्देश्यले इन्फरमेसन सेसनकाे आयोजना गरेकाे छ। केइक्यानले गत चैत २३ गते काठमाडाैँकाे हात्तीसार स्थित नेपाल हाउसमा स्टडी इन कोरिया इन्फरमेसन सेसन एण्ड एजेन्ट मिट कार्यक्रमको आयोजना गरेको हाे।
कोरियामा बिगत २५ वर्षदेखि विभिन्न व्यापार व्यवसायमा आवद्ध एनआरएनए दक्षिण कोरियाका संस्थापक सदस्य रुद्रप्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित इन्फरमेसन सेसनमा काेरियाका विभिन्न विश्वविद्यालका प्रतिनिधिले त्यहाँकाे शैक्षिक अवस्था, पूर्वाधार, भिसा आवेदन प्रक्रिया, अध्ययनमा जानुपूर्व गर्नुपर्ने तयारी लगायतका विषयमा भर्चुअल रुपमा जानकारी दिएका थिए।
कार्यक्रममा बाेल्दै दक्षिण कोरियाको आजु युनिभर्सिटीबाट ग्य्राजुएट भइ नेपाल राष्ट्र बैंकमा कार्यरत सुशील बिजुक्छेले दक्षिण कोरियाको शैक्षिक प्रणालीका विषयमा धारणा ब्यक्त गरेका थिए। यसलाई केइक्यानका अध्यक्ष गणेश शर्माले सहजिकरण गरेका थिए। उनले केइक्यान नेपाली विद्यार्थीमाझ काेरियाकाे शिक्षाकाे बारेमा सत्यतथ्य जानकारी दिदैँ व्यवसायीक प्रवर्द्धनमा प्रतिवद्ध रेहकाे बताए।
कार्यक्रममा केइक्यानका बरिष्ट उपाध्यक्ष रमेश अधिकारीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रममार्फत परामर्शदातालाई काेरियाकाे शिक्षाबारे विद्यार्थीलाई सत्यतथ्य जानकारी दिन थप सहज हुने बताए। यस्तै अर्का केइक्यान उपाध्यक्ष विष्णु खड्काले कोरिया अध्ययनका विषयमा विभिन्न संघ संस्थामा आवद्ध व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमकाे आयोजना गरिएकाे बताए। कार्यक्रम संस्थाका महासचिव एसपी भट्टराईले संचालन गरेका थिए।कार्यक्रममा स्टडी इन कोरिया सेसन नरेश सेडाईले सञ्चालन गरेका थिए।
कार्यक्रममा कोरियाबाट भर्चुअल सेसन मार्फत अजो युनिभर्सिटी, क्युङसुङ युनिभर्सिटी, डोङशिन युनिभर्सिटी, उल्सान कलेज र किम्पो युनिभर्सिटी का प्रतिनिधि हरुले आफ्नो युनिभर्सिटी, उपलब्ध कोर्स, फयासीलिटीज, फिइस्ट्क्चर र आफ्नो युनिभर्सिटीमा नेपाली विद्यार्थीहरूको उपस्थितिका विषयमा केन्द्रित रहेर आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा परामर्श व्यवसायीकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।