काठमाडाैँ- जे-सर्टले जापानीज भाषा शिक्षक तालिम सञ्चालन गरेको छ। नेपालमा J-cert परीक्षा सञ्चालन गरिरहेको इन्टरनेशनल टेस्ट सेन्टर (आईटिसी) र होन्स कम्पनीको सहकार्यमा यही चैत १३ गतेदेखि २० सम्म नेपालका मुख्य शहरहरुमा जापानीज भाषा शिक्षक तालिम सञ्चालन गरिएको हाे।
जापानीज भाषा पढाउँदै आएका शिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको जे-सर्टले जनाएको छ। जापानीज भाषाकी ख्यातिप्राप्त प्रशिक्षक कुमी टानाकाले जापानबाटै नेपाल आएर प्रशिक्षण दिएकी थिइन्।
जापानीज भाषा शिक्षक तालिम विर्तामोड, इटहरी, चितवन, पोखरा र काठमाडौं सञ्चालन गरिएको J-certका निर्देशक महेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार भाषा प्रशिक्षकहरुको क्षमता र दक्षता विकास गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको हो।
भाषा प्रशिक्षकहरुको क्षमता वृद्धि गर्ने उदेश्य राखी J-cert परीक्षासम्बन्धी जानकारी गराउने उदेश्यले तालिम आयोजना गरिएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘यस पटकको तालिममा झण्डै चारसय जना जापानीज भाषा प्रशिक्षकहरुको उत्साहजनक सहभागिता रह्यो।’
व्यवसायीक दक्षता विकास गर्न शिक्षण विधि महत्वपूर्ण हुने भएकाले आगामी दिनमा पनि भाषा शिक्षक तालिमलाई निरन्तरता दिइने श्रेष्ठले बताए।यसैगरी J-certले सन् २०१७ मे देखि नेपालबाट जापान जान चाहने विद्यार्थीहरुलाई जापानीज भाषा परीक्षा लिंदै आएको छ।
लामो समयदेखि जापानमा अध्ययनको लागि विद्यार्थी पठाउने गरिए पनि उनीहरुले सिकेको भाषा कुन तहसम्म छ भनेर जाच्नको लागि अहिले जस्तो प्रत्येक महिनाजसो परिक्षा लिने संस्थाहरु पहिले नभएको J-cert परीक्षा प्रमुख निश्चित शाहीले बताए। उनका अनुसार बिस्तारै नेपालमा जापानिज भाषाको परिक्षा लिने संस्थाहरुको स्थापना हुने क्रममा J-cert स्थापना गरी परिक्षा लिन थालिएको हो र जसका कारण विद्यार्थीहरुलाई परीक्षा दिनको निम्ती सहज हुँदै गएको छ ।
‘विद्यार्थी, अभिभावक, शिक्षक एवं शुभेच्छुकहरुको निरन्तर साथ सहयोग र हौसहलाले J-cert आजको दिनसम्म आईपुगेको छ, शाहीले भने, ‘सुरुवाती दिनहरुमा केहि जटिलता खेप्नु परेपनि हाल संचालन भैरहेका परिक्षा हरुको तुलनामा J-certले आवेदन प्रक्रियादेखि परीक्षाको नतिजा प्रकाशनमा सबैभन्दा छिटो सेवा दिइरहेको छ।’ J-certले हाल दिईरहेको सेवालाई थप छिटोछरितो र प्रभावकारी बनाउन अझ गृहकार्य गरिरहेको शाहीले बताए ।