काठमाडौँ- आसाही इन्टरनेशनल कन्सल्टेन्सीले भिसा लागेर विदेश अध्ययनमा जान लागेका आफ्ना विद्यार्थीको शुभकामना तथा विदाइ कार्यक्रमको आयोजना गरेको छ। इन्टरनेशनलले काठमाडौँको अल्फाहाउसमा उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी सँघ, नेपाल (एप्क्यान)का अध्यक्ष प्रज्वल बस्नेतले विद्यार्थीलाई सुन्दर भविष्य निर्माणका लागि शुभकामना दिदैँ नेपालमा विद्यार्थीलाई अध्ययन पश्चात अवसरको सुनिश्चितता नहुँदा विदेश अध्ययनमा जानुपर्ने बाध्यता भएको बताए।
कार्यक्रममा आसाही इन्टरनेशनलका प्रवन्ध निर्देशक हेमन्त राज दुलालले विद्यार्थीलाई शुभकामना दिदैँ आगामी दिनमा पनि यस संस्थाको गरिमालाई उच्च बनाउनेगरि विदेशका शिक्षणसंस्थामा अव्बल सावित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा एप्क्यान उपाध्यक्ष अर्जुन कुमार बस्नेत, महासचिव अनिल शर्मा पौड्याल, कोषाध्यक्ष दीपा लामिछाने, केन्द्रिय सदस्य संकर फुयाल, साधारण सदस्यहरू राजेश केसी, भुपाल अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अप्रिल इन्टेकमा जापान अध्ययनमा जान भिसा प्राप्त गरेका विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीले गायन, नृत्य, गजलवाचन सँगै विभिन्न सांगितिक प्रस्तुति दिएका थिए।