काठमाडौँ- क्लिक इन्टरनेशनल एजुकेसन स्थापनाको नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। नवौँ वार्षिकोत्सवको अवसरमा इन्टरनेशनलले आफ्नो सेवामा विद्यार्थीलाई विभिन्न छुटसहितको अफरहरू घोषणा गरेको हो।
संस्थाले नवौँ वार्षिकोत्सवको अवसरमा चैत ७ गतेदेखि १७ गतेसम्म विद्यार्थीलाई अंग्रेजी र जापानीज भाषा तयारी कक्षामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।यसका साथै उक्त समयावधी भित्र संस्थाको सेवा लिने विद्यार्थीलाई विशेष छुटका साथै विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको इन्टरनेशनलले जनाएको छ।
वैदेशिक शिक्षा अन्तर्गत अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा, बेलायत, युएई लगायतका मुलुकमा शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको संस्थाले विद्यार्थी र अभिभावकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय सेवामा प्रतिवद्ध भएको जनाएको छ।
संस्थाका प्रवन्ध निर्देशक गोभिन्द खनालले समयसापेक्ष र सन्दर्भिक सेवा प्रदान गर्ने उद्देश्यले खोलिएको यस संस्थाले स्थापनाको ९ वर्षको अवधिमा थप्रै आरोह र अवरोरहरू पार गर्दै विद्यार्थीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलव्ध गरेको बताए।
उनले भने,‘ यस संस्थालाई विश्वास, माया, गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावकहरू प्रति कृतज्ञता प्रकट गर्दछौँ र तपाईहरूको माया, सहयोग र हौसालालार्ई सधैभरी मन, मुटुमा राखी कदर गर्दछौँ।’
यसका साथै उनले नेपाल शैक्षिक परामर्श संघ(इक्यान), जापानीज भाषा स्कुल संघ(जालसान) र कम्प्युटर एसोसियसन नेपाल (क्यान) जस्ता संघबाट यस संस्थालाई सहयोग र विश्वास गरेकोमा धन्यवाद ज्ञापन गरे। विभिन्न मुलुका विश्वविद्यालय र तिनका प्रतिनिधिले देखाएको विश्वासकाक कारण नै सेवा प्रभाह गर्न सहज भएको उनको भनाइ छ।
क्लिक इन्टरनेशनलले काठमाडौँ, बुटवल र कपिलवस्तुमा आफ्नो शाखा विस्तार गरेको छ। यसले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै सेमिनार, विभिन्न शैक्षिक संस्थाहरू बारे जानकारी, भिसा प्रोसेसिङका लागि सहजिकरण गर्दै आएको छ।
प्रवन्ध निर्देशक खनालले संस्थाको उद्देश्य भनेको विद्यार्थीलाई विदेश गएर शिक्षा आर्जन गर्ने मात्र नभई उनीहरूले आफ्नो शैक्षिकस्तरको विकास सँगसँगै आफ्नो लक्ष्यको प्राप्तिको निमित्त पनि सबल र योग्य हुन सकुन भन्ने हिसावले सेवा प्रदान गर्दै आएको बताए।