काठमाडाैँ- जापान शिक्षाको विषयमा परामर्श व्यवसायी, विद्यार्थी, अभिभावकले ध्यान दिनुपर्ने कुराका विषयमा स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका सहकोषाध्यक्ष एवं जापान विभाग प्रमुख गौतम पुडासैनिसँग गरिएको कुराकानीको मुख्य अंश।
नेपाली विद्यार्थीका लागि जापान कस्तो शैक्षिक गन्तव्य हो, जानुपर्ने कारण के देख्नुहुन्छ ?
कोरोना महामारी पश्चात नेपाली विद्यार्थीको जापान प्रति झुकाब बढेको देखिन्छ। एसियन मुलुकबाट विद्यार्थी जापानमा अध्ययनका लागि गएका छन्। उनीहरूले विदेशीलाई हेर्ने नजर नै अरु मुलुकको भन्दा राम्रो छ।
विद्यार्थी जापानमा शिक्षा आर्जन गर्न गएका हुन्। विद्यार्थी भाषा मात्र पढ्न गएका हुदैनन्। भाषा अध्ययनकै क्रममा विद्यार्थीले सिप सिकेर दक्षता विकास गर्नुका साथै विश्वविद्यालय तहमा आफूले अध्ययन गर्ने विषयको पूर्व तयारी कक्षाको रुपमा रहन्छ।
विद्यार्थी भाषा पढ्दै गर्दा अन्य विषयमा जानकारी लिएर उनीहरूले आफ्नो भविष्यको ढोका खोल्न सक्छन्। उनीहरूले अध्ययन पश्चात वर्क पर्मिट पाउँछन्। कोभिड अघि वर्क पर्मिटको समस्या थियो तर अहिले सहज छ। विद्यार्थीले जापानमा काम गर्दै पढ्ने अवसर प्राप्त गरेका छन्। चार वर्ष दुःख गरेपछि आफ्नो भविष्य बनाउन सकिने भएकाले पनि विद्यार्थी यस तर्फ लोभिएका छन्।
विद्यार्थी ५ वर्ष जापानको नियमअनुसार बसोबास गरेको छ भने उनीहरूले त्यहाँको पासपोर्ट पनि पाएको अवस्था छ। विद्यार्थीलाई काम गर्दै सेटल हुने अवसर पनि प्राप्त हुन्छ। जसले गर्दा जापान तर्फ नेपाली विद्यार्थीको सुकाब बढेको छ।
नेपाली अभिभावकले आफ्ना सन्तानलाई जापान अध्ययनका लागि पठाउनुपर्ने कारण के देख्नुहुन्छ ?
अभिभावकले जापानमा आफ्नो सन्तानलाई उच्च शिक्षा अध्ययनसँगै उज्जवल भविष्य निर्माणका लागि पठाउने हो। विद्यार्थीले जापानमा अध्ययनपछि चाडै रोजगारीको अवसर पाउने भएकाले पनि उसलाई सेटल हुन सहज हुन्छ। परिवार लिएर गएर बस्न पनि सक्ने भएकाले जापान उपयुक्त छ।
फेकनले जापान अध्ययनलाई लक्षित गरेर के – कस्ता गतिविधि गर्दै आएको छ ?
फेकनले जापान अध्ययनलाई प्राथमिकतामा राख्दै आफ्ना सदस्यहरूलाई जापानी प्रतिनिधीबाट जापान अध्ययनको प्रक्रियाका विषयमा तालिम सञ्चालन गर्ने काम गरेको छ। जापान अध्ययनका विषयमा विद्यार्थी, अभिभावक र सरोकारवालालाईसँगै राखेर छलफल अन्तरक्रिया पनि गर्ने गरेका छौँ।
जापानीज कलेजलाई बोलाएर त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्या, अध्ययन गर्न जानु अघि गर्नुपर्ने तयारीका विषयमा छलफल गर्ने, समस्या समाधान गर्न सहयोग गर्ने, जापानको काम गर्न खोज्ने फेकन मेम्बरलाई जापानका स्कुलसँग समन्वय गराइदिने काम गरेका छौँ।
फेकनले अभिभावकलाई बोलाएर जापान अध्ययनका बारेमा परामर्श प्रदान समेत गरेका छौँ।जापान अध्ययन विशेष कार्यक्रम गर्न फेकनले सधै अग्रसरता देखाउँदै आएको छ।
जापान अध्ययनका विषयमा देखिएका समस्या के-के छन् ?
कोरोना महामारी पश्चात कति विद्यार्थी जापानले लाने भन्ने विषयमा खाका तयार नभएका कारण समस्या परेको थियो। कुनै ठाउँ विशेषमा भिसा लाग्ने कतै नलाग्ने भएको थियो। यस विषयमा पनि क्रमिक रुपमा सुधार भएको छ। विद्यार्थी एनओसी समस्या पनि भोगेका थिए। अहिले यो पनि केही हदसम्म समाधान भएको छ।
राज्यले जापान भाषा स्कुलमा जाने विद्यार्थीका विषयमा स्पष्ट नीति नबनाउदा खेल्ने मौका पाएको छ। अहिले शिक्षा मन्त्रालयमा जापानका स्कुल लिस्टिङको समस्या छ। जापानमा नयाँ कलेज स्कुल खुलिरहेका हुन्छन् तर कलेजलाई लिस्ट आउ नयाँ कलेज स्कुल खुलिरहेका हुन्छन् तर कलेजलाई लिस्ट आउट गर्ने प्रक्रियालाई सहज बनाउन जरुरी छ।
परामर्श व्यवसायीले गर्ने विज्ञापनमा एकरुपता छैन। केही एजेन्टबाट विद्यार्थी ठगिएका भन्ने समस्या पनि छन्। फेकनले यी विविध विषयमा देखिएका समस्या समाधान गर्न पहल गरिरहेको छ। राज्यलाई समस्या समाधानका विषयमा झकझकाउन फेकनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।
परामर्श व्यवसायी नै नक्कली कागजपत्र बनाउन सक्रिय छन् भन्ने सुनिन्छ नि ?
परामर्श व्यसायीले जापान अध्ययनमा जाने विद्यार्थीलाई कुनै पनि नक्कली कागजपत्र बनाउन लगाउँदैन। यसको आवश्यकता पनि हु्ँदैन।, विद्यार्थी जापानमा पढ्न जाने भएकाले एकेडेमिक डकुमेन्ट नै प्रमुख हो।
हामीले विद्यार्थीलाई कस्ता कागजपत्र आवश्यक पर्छ भनेर जानकारी दिन्छौँ। कागजपत्र बनाउने काम पनि हाम्रो होइन। विद्यार्थीले आफै कागजपत्र बनाएर ल्याउँछन्। यदी कसैले यस्तो गलत काम गरेको पाएमा हामी सम्बन्धित निकायमा उजुरी गर्न पछि पर्दैनौ।
परामर्श व्यवसायीले नै जापानमा ‘स्टडी एन्ड वर्क’ भनेर विज्ञापन गरेको देखिन्छ नि ?
फेकन परामर्श व्यवसायीले यस्तो गर्नु हुँदैन भन्ने विषयमा सचेत छ। हामीले कुनै पनि सदस्यले यस्तो गरेको पाएमा कारवाही गछौँ। हामीले हाम्रा सदस्यलाई शैक्षिक परामर्श दिन संस्था खोलेकाले त्यसैमा केन्द्रित हुन सुझाब दिएका छौँ।
हामीलाई वर्किङ काम गर्न भनेर राज्यले लाइसेन्स दिएको होइन। परामर्श व्यवसायीको नाममा यस्तो काम गर्नेका विरुद्धमा हामी छौँ। फेकन सदस्यले यस्तो काम गरेको थाँहा पाएमा सचेत गराउने र सदस्यता नै खारेज पनि गर्छौ।
विद्यार्थी र अभिभावकले शैक्षिक परामर्श व्यवसायी छनोट गर्दा र जापान गइसकेपछि ध्यान दिनुपर्ने कुराहरू के-के छन् ?
विद्यार्थी र अभिभावकले जापान अध्ययनमा जानुअघि परामर्श व्यवसायी छनोट गर्दा ध्यान दिएनौ भने विद्यार्थीले विदेश गएपछि पनि दुःख पाउन सक्छ। सबैभन्दा पहिले अभिभावकले कस्तो परामर्शदातृ संस्था हो।
उक्त संस्थाका सञ्चालकको पृष्ठभूमि, शिक्षा मन्त्रालयमा दर्ता छ कि छैन बुझ्नुपर्छ। परामर्श व्यवसायी छनोट गरेपछि विद्यार्थी आफू जाने शहर कुन हो? विद्यार्थी रुचि अनुसारको शेक्षिक गन्तव्य रोज्नुपर्छ।
काजगपत्र बनाउँदा अभिभावकले सबै जिम्मा कन्सल्टेन्सीलाई लगाउनु हुँदैन। परामर्श व्यवसायी माध्यम मात्र हो भन्ने कुरा बुझ्नुपर्छ। अभिभावकले विद्यार्थी विदेश गएपछि पनि कुन अवस्थामा छ भन्ने विषयमा ध्यान दिन सुझाब दिन्छौँ।
नाेट: यदि तपाई जापान अध्ययनमा जाने साेचमा हुनुहुन्छ भने फेकनका सहकोषाध्यक्ष एवं चुकि कन्सल्टेन्सी एन्ड ल्याङ्वेज सेन्टरका प्रवन्ध निर्देशक पुडासैनिसँग शैक्षिक परामर्श सेवा लिन सक्नुहुनेछ।
यसका लागि सम्पर्क