काठमाडाैँ- यदि तपाईंले आफ्नो ल्यापटपको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ र छिटो नबिग्रोस् भन्न चाहनुहुन्छ भने यी कुरामा ध्यान दिएर मात्र चलाउनुपर्ने हुन्छ।
बजारमा उपलब्ध अधिकांस ल्यापटपहरुमा लिथियम आयन ब्याट्री हुन्छन्। यस्तो ल्यापटपको ब्याट्री लाइफ सुरुमा त राम्रै हुन्छ तर पछि समस्या देखापर्न थाल्दछ।
कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका विभिन्न गल्तीका कारण ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु छोटिँदै जान्छ। ल्यापटपको ब्याट्रीलाइफमा गिरावट आउन नदिनका लागि हामीले यी गल्ती गर्नु हुँदैन।
रातभर ल्यापटप चार्ज नगर्नुस् : आमरुपमा मानिसहरुले दिनभर आरामसँग काम गर्दछन् र रातभर ल्यापटपलाई चार्जमा लगाएर छाडिदिन्छन्। यदि तपाइँले पनि त्यसो गर्नुहुन्छ भने तपाइँले आफ्नो बानी सुधार्नुपर्छ। यस्तो बानीले ल्यापटपको ब्याट्री लाइफलाई कम वा पूर्णरुपमा समाप्त गरिदिने जोखिम हुन्छ।
तातो ठाउँमा ल्यापटप चार्ज नगर्नुहोस् : यस्तो कुनै ठाउँमा ल्यापटप चार्जमा नराख्नुहोस् जुन खुल्ला नहोस्। अर्थात् कुनै बन्द वा गर्मी ठाउँमा राखेर ल्यापटप चार्ज नगर्नुहोस् । सदैव खुल्ला ठाउँमा राखेर ल्यापटप चार्ज गर्नुहोस्।
ब्याट्रीलाई फुलचार्ज नगर्नुस् : आफ्नो ल्यापटपको ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म मात्रै चार्ज गर्नुहोस्। ल्यापटपमा ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिनुहोस् र ८० प्रतिशत भन्दा धेरै चार्ज गर्नुपनि आवश्यक हुँदैन। ब्याट्रीलाई सधै शतप्रतिशत चार्ज गर्ने नगर्नुहोस्। कतिपय मानिसहरुले शतप्रतिशत चार्ज भएपछि पनि लगातार ल्यापटपलाई चार्जिंगमा राखेर छाड्छन्। यसले ल्यापटपको आयु खियाइरहेको हुन्छ।
कमसल चार्जरको छनोट : जस्तोसुकै चार्जरको प्रयोग गरेर ल्यापटप चार्ज गर्ने काम नगर्नुहोस्। सक्कली वा ब्राण्डेड चार्जरबाट मात्रै चार्ज गर्नुहोस्। अर्थात् आफ्नो ल्यापटपका लागि यस्तो चार्जर रोज्नुहोस् जो आफ्नो ल्यापटपको लायक होस् वा ल्यापटपले सपोर्ट गर्ने वाट जत्तिको चार्जरको प्रयोग गर्नुहोस्।
चार्ज गरिरहेको बेला प्रयोग नगर्ने : धेरै मानिसहरुले आफ्नो ल्यापटप चार्ज गरिरहेको बेलामा पनि प्रयोग गर्ने गर्दछन्। तर यो राम्रो कार्य होइन। यसले ल्यापटपको ब्याट्री लाइफ खराब हुन्छ। ल्यापटपमा चार्ज भैसकेपछि चार्जर झिकेर मात्रै प्रयोग गर्नु राम्रो हुन्छ।