काठमाडाैं – शिक्षक सेवा आयोगले निम्नमाध्यमिक र माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) काे पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ । बस्तुगत प्रश्न मात्र सोधिने १०० पूर्णाङ्ककाे परीक्षामा ५० उत्तीर्णाङ्क ल्याउनुपर्ने गरी पाठ्यक्रम सार्वजनिक गरेको हो ।
आयाेगले नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन लगायतका बिषयलाई पाठ्यक्रममा समावेश गरेकाे छ ।
यसका साथै आयाेगले शैक्षिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसंग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको जनाएको छ।
यस्ताे छ मावि र निमावि तह लाइसेन्स परीक्षाकाे पाठ्यक्रम