काठमाडाैँ- विदेशमा गुणस्तरीय शिक्षा खोज्ने नेपाली विद्यार्थीहरूको लागि जापान उपयुक्त शैक्षिक गन्तव्य हो। विद्यार्थी जापान जाँदै गर्दा जापानीज भाषा स्कुलमा ६ महिना जति जापानीज भाषा अध्ययन गरेपश्चात विद्यार्थीले जापान जाने प्रक्रिया सुरु गर्नुपर्छ।
जापान विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीको पहिलो रोजाईको गन्तव्य हुनुको प्रमुख कारण जापानमा अध्ययन सँगै रोजगारीको अवसर सृजना हुन्छ। जापानको कानुन अनुसार विदेशी विद्यार्थीको हकमा २८ घण्टा मात्र काम गर्न पाउने प्रावधान रहेको छ। जापानमा भाषा अध्यापन गराउने स्कुलले विद्यार्थीको भाषागत तह हेरेर हप्ताको २८ घण्टा काम खोजिदिन सहयोग गर्ने गरेका छन्।
विद्यार्थीले जापानमा काम गर्दै आफ्नो स्कुलको टिउसन फी तिर्ने गर्दछन्। जापानमा अध्ययनका लागि जानुपूर्व धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ। कसैको लहलहैमा वा रहरमा जापान जानुभन्दा पनि त्यहाँ गएर आफूले आर्जन गर्ने शिक्षा र रोजागारीको विषयमा जानकार हुनुपर्छ।
जापानमा अध्ययनका लागी जानुपूर्व विद्यार्थीले ध्यान दिनुपर्ने कुरा
१. विद्यार्थी भिसामा जापान जाँदा जापानिज भाषा अनिवार्य भएकाले कम्तिमा ६ महिना भाषा सिकेर जानुपर्ने हुन्छ। यसरी भाषा सिकेर गएको खण्डमा विद्यार्थीलाई जानेबित्तिकै त्यहाँको वातावरणमा घुलमिल हुन असहज हुँदैन।
२. जापान अध्ययनमा जानुपूर्व शैक्षिक परामर्शदाताकोमा गई त्यहाँको विद्यालय,वातावरण र भिसा प्रोसेसिङको बारेमा परामर्श लिनुपर्छ। त्यसैले विश्वासिलो एवं भरपर्दो परामर्शदाताको छनोट गर्नुपर्छ।
३. नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको, धैरै विद्यालय र विश्वविद्यालयसँग समन्वय भएको परामर्शदातृ संस्था छनोट गर्नुपर्छ अन्यथा ठगीने डर हुन्छ।
४. जापानमा अध्ययनका लागि जानुपूर्व परामर्श लिदा जापानमा उच्च शिक्षा अध्ययन गरी नेपालमा आएर परामर्श व्यवसाय सञ्चालन गरेका व्यक्तिबाट परामर्श लिदा त्यहाँको सम्पूर्ण जानकारी पाइने भएकाले सहज हुन्छ।
५. नेपालमा जापानीज भाषा सिक्दा जापानमा पढेर आएर यहाँ भाषा अध्यापन गराइरहेका शिक्षकबाट लिन जरुरी छ। जापानीज भाषा सँगै त्यहाँको संस्कृति, चालचलन, जिवनशैलिको विषयमा भाषा अध्ययन गर्ने क्रममै जान्न बझ्न सकिन्छ।
६. विद्यार्थीले जापानको कुन सहरको कुन विद्यालयमा अध्ययनका लागि जान लागेको हो, त्यसको वेवसाइट हेरेर जानकारी लिई मात्र स्कुल छनोट गर्नुपर्छ।
७. नेपालमा परामर्श व्यवसाय सञ्चालन गरी जापान जान चाहने विद्यार्थीलाई लामो समयदेखी परामर्श दिदै आएका धेरै भन्दा धेरै व्यवसायीहरूबाट परामर्श लिनुपर्छ र बुझेर ईच्छाएको ठाउँमा अध्ययनका लागि जानुपर्छ।
८. जापान जाने विद्यार्थीले जापानका स्कुल कलेज र विश्वविद्यालयसँग सिधा सम्पर्क भएका परामर्श व्यवसायीबाट परामर्श लिई भिसा आवेदन गर्नुपर्छ।
९. जापान जाने विद्यार्थीले नेपालबाटै जापानीज भाषा परीक्षाको एन फाईब लेभल पास गरी जादाँ जापानमा भाषागत समस्याबाट बच्नुका साथै काम खोज्न पनि सहज हुन्छ।
१०. जापान अध्ययनमा जाँदैमा सबै कुरा पाईन्छ र सहज हुन्छ भन्ने धारणा राख्नुहुँदैन, जापानमा गएर पाइने काम, बसोवास, पढ्ने स्कुलले दिने सुविधाको बारेमा राम्रोसँग बुझेर जानका लागि सही परामर्शदाताको छनोट गरी जापानमा अध्ययनका लागि आवेदन दिनुपर्छ।
जापानमा अध्ययनका लागि आवेदन दिँदा आवश्यक पर्ने कागजातहरू
१. कक्षा १२ भन्दा माथि विद्यार्थीले उत्तिर्ण गरेको तहको ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेट
२. पासपोर्ट वा नागरिकताको फोटोकपी
३. सेतो पृष्ठभूमिमा पछिल्लो तीन महिना भित्र खिचिएको १० प्रति फोटो
४. अभिभावकको नागरिकताको फोटोकपी
५. सम्बन्धित वडा कार्यालयबाट जारी गरिएको अभिभावकसँगको सम्बन्ध खुलाइएको नाताप्रमाणीत कागजात
६. आवेदकको जन्मदर्ता
७. सम्बन्धित वडा कार्यालयबाट जारी गरिएको अभिभावकको पछिल्लो तीनवर्षको आम्दानीको स्रोत खुल्ने वार्षिक आय विवरणको करचुक्ता प्रमाणपत्र
८. सम्बन्धित वडा कार्यालयबाट जारी गरिएको अभिभावकको पेसागत प्रमाणपत्र
९. जापानीज भाषा परीक्षाको एन ५ तह उत्तीर्ण गरेको प्रमाणपत्र वा १५० घण्टा जापानीज भाषा अध्ययन गरेको प्रमाणपत्र
१०. आफू जान चाहेको सम्बन्धित स्कुल/कलेजको पूर्ण रुपमा भरिएको भर्ना आवेदन फारमसहित अध्ययनको उद्देश्य खुलाएको कागजात
११. अभिभावकको बैँक ब्यालेन्स सर्टिफिकेट तथा बैँक स्टेटमेन्ट
भिसाको लागि आवेदन प्रक्रिया
जापानमा अध्ययन गर्न जान विद्यार्थीले जापानी राजदुताबासबाट भिसा प्राप्त गर्नुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा महाशाखा अन्तर्गत पर्ने एनओसी शाखामा अनलाइन आवेदन दिइ विदेश अध्ययन अनुमतिपत्र (एनओसी) प्रमाणपत्र लिनुपर्ने हुन्छ।
एनओसी प्रमाणपत्र प्राप्त गरेपछि सो प्रमाणपत्रसहित जापानमा अध्ययन गर्न चाहेको स्कुल\कलेजको शिक्षण शुल्क बैँक मार्फत स्कुलमा बुझाउनुपर्छ। त्यसपछि विद्यार्थीले काठमाडौँको ठमेलमा रहेको भिएफएस मार्फत जापानी राजदुताबासको भिसा आवेदनफारम सहित आवश्यक सम्पूर्ण कागजपत्र बुझाउनुपर्छ।
त्यसपछि जापानीज राजदुताबासले अवस्था हेरी अन्तर्वार्ता लिने नलिने तय गर्छ। राजदुताबासले अन्तर्वार्ताका लागि बोलाएकाको हकमा अन्तर्वार्ता उत्तिर्ण गरेका आवेदकलाई भिसा दिने र अन्तर्वार्ता नलिएकालाई सिधै भिसा दिन्छ।
भिसा प्राप्त गरेपछि जापानको सम्बन्धित स्कुलले तोकेको मितिमा जापान जानका लागि लिएको हवाइ टिकट सहित स्कुललाई जानकारी गराउनुपर्नेछ। विद्यार्थीले जापान जाँदा लगभग दुइ लाख जापानी एन बैँकमा गएर साटेपछि आफूसँगै बोकेर जापान जानुपर्छ।
नोटः पासपोर्ट अथवा नागरिकता बाहेक सबै कागजातको सक्कल प्रति कुरिअर मार्फत जापानमा अध्ययनका लागि जाने स्कुलमा पठाउनु पर्नेछ। विद्यार्थीले कागजपत्र स्कुलमा पठाएपछी उक्त स्कुलले जापानको अध्यागमनमा कागपत्र बुझाएको ३ महिना भित्र नतिजा दिनेछ। सिओई आएका विद्यार्थीले भिसाको लागि आवेदन दिन सक्नेछन्।
यदि तपाई पनि जापान पढ्न जाँदै हुनुहुन्छ भने आसाही इन्टरनेसनल कन्सल्टेन्सी, पुतलिसडक, काठमाडौँका प्रवन्ध निर्देशक दुलालबाट आवश्यक शैक्षिक परामर्श सेवा लिन सक्नुहुनेछ।
यसका लागि सम्पर्क