काठमाडाैँ- 'प्रोग्रेसिभ एजुकेशन'ले विद्यार्थीलाई व्यवहारिक बनाउने शिक्षा क्षेत्रका सराेकारवालाले जाेड दिएका छन्।
काठमाडाैँमा आइतबार आयाेजित प्रोग्रेसिभ एजुकेसनइन नेपाल विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै वक्ताहरूले प्रोग्रेसिभ एजुकेसनर यसले विद्यार्थीलाई पुग्ने फाइदाका विषयमा चर्चा गरेका हुन्।
कार्यक्रममा बाेल्दै अर्लि चाइल्डहुड एजुकेशनका संस्थापक राईनी डि वीटले प्रोग्रेसिभ एजुकेसनर यसकाे आवश्यकताकाे बारेका प्रस्तुति दिएकी थिइन्। उनका अनुसार विद्यालयका प्रिन्सिपल, शिक्षक, कर्मचारी सबैले आफ्नो विद्यालयको नीति तथा योजना बुझ्नु आबश्यक छ। विद्यालयको भौतिक पूर्वाधार देखि शिक्षण सिकाइसम्म आकर्षक हुनुपर्नेमा उनले जाेड दिइन्।
यस्तै कार्यक्रममा बाेल्दै एनप्याब्सनका अध्यक्ष एंव एपेक्स लाइफ स्कुलका कार्यकारी निर्देशक सुवास न्यौपानेले प्रोग्रेसिभ एजुकेसन र यसकाे आवश्यकताकाे विषयमा चर्चा गरे। उनले प्रोग्रेसिभ एजुकेशनले शिक्षाकाे वर्तमान ढाँचामा नै परिवर्तन ल्याउने बताए। उनका अनुसार कक्षा काेठामा शिक्षकको भूमिका सहजिकरण गर्ने मात्र हो। कक्षाकोठाको वातावरण बालमैत्री हुनुपर्छ। बालबालिकालाई कक्षाकोठामा यु तथा भि सेपमा राख्नुपर्छ। यसरी कक्षाकोठाको डिजाइन गरिएमा शिक्षक सवै विद्यार्थीलाई निगराननी गर्नलाई सहज हुन्छ।
यसका साथै कार्यक्रममा बाेल्दै प्याब्सन अध्यक्ष दीपिका थापा रिमालले प्रोग्रेसिभ एजुकेशनकाे माेडालिटीलाई व्यवहारमा उतार्न सके विद्यार्थीलाई समाजसँग जाेड्न सकिने बताइन्। 'हाेलिस्टिक डेभलपमेन्टका लागि प्रोग्रेसिभ एजुकेसनआवश्यक छ',उनले भनिन्।
२१औं शताव्दीका विद्यार्थीहरु प्रबिधी मैत्री वातावरणमा हुर्केका हुन्छन्। शिक्षकले त्यहि पुरानो पाठ रटाई र घोकाई शैली अपनाउँदा कक्षा कोठामा कुनै सिकाई उपलब्धि हुँदैन। शिक्षण विधिसँगै प्रविधीलाई आत्मसात गरि समुह- समुह बनाएर विद्यार्थीलाई प्रयोगात्मक रुपमा अभ्यास गराउन प्रोग्रेसिभ एजुकेशनले मद्दत गर्छ।
कार्यक्रममा समृिद्धि स्कुलका प्राचार्य अमित विक्रम सिजापतिले आफूले विद्यालयमा नै यसकाे अभ्यास गरेकाे बताए। कार्यक्रममा हिसानका उपाध्यक्ष राामहरि सिलवाल, समृद्धि स्कुलका निर्देशक सन्दिप श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे।