ललितपुर - ओमेगा स्कुल अन्तर विद्यालय कराते च्याम्पियनसिप २०८० सम्पन्न भएको छ।ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल प्राङ्गडमा आयोजित दोश्रो ओमेगा अन्तर विद्यालय कराते च्यापियनसीप आइतबार सम्पन्न भएको हो।
ओमेगासहित आठ वटा विद्यालयका विद्यार्थीबीच भएकाे प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र २२ कास्य पदकसहित ओगेका स्कुल टिम च्याम्पियन बनेको छ। यसैगरी प्रतियोगितामा फूलचोकी मावि दाेस्राे, सन्तानेश्वर विद्या मन्दिरले तेस्राे स्थान हासिल गरेका छन्।
प्रतियोगिताको सपापन कार्यक्रममा बोल्दै वागमती प्रदेशका उद्योग, वाणिज्य, मुभि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले यस्ता क्रियाकलापले विद्यार्थीकाे क्षमता विकासमा सहयाेग पुग्ने बताए। उनले खेलकुद र शिक्षालाई समायाेजन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै नेपाललाई विश्वसामु चिनाउनुपर्नेमा जाेड दिए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मिनकृष्ण महर्जन, राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्दिरा देवी ढकाल, तथा ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले लगायतले यस्ताे प्रतियाेगिता आयाेजना गरेर विद्यार्थीकाे खेल भावना जागृत गर्नमा भूमिका खेलेकाे बताएका थिए।
प्रतियोगितामा बज्र एकेडेमी, एभेन्स स्कुल, उन्नति इङ्लिस स्कुल, काष्ठमाण्डप स्कुल र सत्यसाही शिक्षा सदनका विद्यार्थीकाे सहभागिता रहेको थियो।