काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वनभोज कार्यक्रमको आयोजना गरेकाे छ। शैक्षिक परामर्श व्यवसायीहरूको छातासँगठन इक्यानले काभ्रेकाे दुसित थानि हिमालयन रिसाेर्टमा १६ औँ वनभोज कार्यक्रम आयोजना गरेको हो।
'Where memories are Made' भन्ने नाराका साथ इक्यानमा आवद्ध भएका सम्पूर्ण परामर्श व्यवसायीबीचमा सम्पर्क र सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इक्यान अतिरिक्त क्रियाकलाप (ECA) विभाग प्रमुख एवं वनभोज कार्यक्रमका संयोजक गोविन्द खनालले जानकारी दिए।
वनभाेज कार्यक्रममा गायिक इन्दिरा जाेशीले गित गाउँदै सबैलाई नचाएकी थिइन्। कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंघका संयाेजक राजेन्द्र बराल, शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) अध्यक्ष प्रज्जवल बस्नेत, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) अध्यक्ष राजु निराैला, जापानीज ल्याङ्वेज स्कुल एसोसियसन अफ नेपाल (जालसान) अध्यक्ष रमेश देवकाेटा, सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान) अध्यक्ष किशाेर तिवारी, काेरिया शैक्षिक परामर्श व्यवसायी संघ (केइक्यान) अध्यक्ष गणेश शर्मा, प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) अध्यक्ष वासु नेपाल लगायतकाे उपस्थिति रहेकाे थियाे।
वनभोज कार्यक्रमलाई वेवस्टर युनिभर्सिटीले मुख्य प्रायोजन गरेको थियाे। प्रायोजकहरूमा एप्लाई ग्लाेबल, युनिभर्सिटि अफ ब्रिजपाेर्ट, सुमेघ, हेमलेट, जेएलइसीटी, स्काइलाइन ट्राभल, एल्मिला ट्राभल एण्ड टुर्स, जीसट, एनएमवि वैंक लगायतका रहेका छन्।