काठमाडौँ- स्टडि डेस्टिनेशन सेन्टर (एसडीसी)ले कोशी प्रदेशको दमकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसडीसीले दमकको बेलडागी रोड, सेवारो कम्प्लेक्समा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो।
यस अघि एसडीसीले ललितपुरको लगनखेल र कास्कीको पोखरामा शाखा विस्तार गरेको थियो। एसडीसीको केन्द्रिय कार्यालय काठमाडौँको बागबजारमा रहेको छ।
एसडीसीका प्रवन्ध निर्देशक अमित खड्काले देशभर शाखा विस्तार गर्ने योजना अनुरुप कोशी प्रदेशमा रहेका विद्यार्थीलाई विदेश अध्ययनबारे शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले दमकमा कार्यालयको स्थापना गरिएको बताए।
उनले भने,‘दमकमा रहेको कार्यालयबाट विद्यार्थीले विभिन्न मुलुकका शैक्षिक गन्तव्यका बारेमा जानकारी लिन सक्नेछन्। उनीहरूलाई भाषा शिक्षण कक्षा आईईएलटीएस, पीटीई, टाेफल अध्ययनका लागि हामीले व्यवस्था मिलाएका छौँ। विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा त्यहीँबाट उपलव्ध हुन्छ। जसका कारण विद्यार्थी अन्यत्र धाइरहनु पर्दैन।’ दमक शाखाको व्यवस्थापककाे भूमिका रोमन आर्चायले निर्वाह गर्नेछन्।
सन् २०१६ मा स्थापना भएको एसडीसीले अष्ट्रेलिया, युएसए, युके, क्यानडा, न्यूजील्याण्ड लगायतका शैक्षिक गन्तव्यमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई तयारी कक्षाका साथै शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको छ।