काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)ले काठमाडौँको साँखुमा रहेको साक्वो रिसोर्टमा वनभोज कार्यक्रमको आयोजना गरेको छ।
शैक्षिक परामर्श व्यवसायीहरूको छातासँगठन एप्क्यानले आफ्ना सदस्यहरू माझ सम्बन्ध विस्तार गर्ने उद्देश्यले वनभोज कार्यक्रमको आयोजना गरिएको जनाएको हो।
वनभोज कार्यक्रमबारे जानकारी दिदैँ संघका अध्यक्ष प्रज्वल बस्नेतले यस संघमा आवद्ध रहेका व्यवसायीमा माझ सम्पर्क र सम्बन्ध विस्तार गर्नुका साथै एक अर्कालाई बुझ्ने अवसरको रुपमा वनभोज कार्यक्रमलाई लिइएको बताए।
उनले भने,‘एप्क्यानको अतिरिक्त क्रियाकलाप विभाग अन्तर्गतको पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज पिकनिक आयोजना गरिएको हो। यसले एप्क्यानमा आवद्ध सम्पूर्ण व्यवसायीहरू माझ भाइचाराको विकास गर्न यस वनभोज कार्यक्रम फलदायी हुने विश्वास लिएका छौँ। यसले परामर्श व्यवसायी माझ सहकार्यको वातावरण तय गर्न सहयोग पुग्नेछ।’
कार्यक्रममा हास्यकलाकार सुवोध गौतमले विभिन्न राजनीतिक दलका शिर्ष नेताको ‘क्यारिकेचर’ सहितको आफ्नो प्रस्तुति दिएका थिए।
एप्क्यानको वनभोज कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंंघका संयोजक राजेन्द्र बराल, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)अध्यक्ष शेषराज भट्टराई, आईरीन अध्यक्ष हेमन्त भट्टराई, जालशान अध्यक्ष रमेश देवकोटा, केइक्यान अध्यक्ष गणेश शर्मा लगायतको उपस्थिति रहेको थियो।
वनभाेज कार्यक्रमलाई नेपाल ल्याव हाउस, स्काइलाइन ट्राभल, सेभेनस्टार ट्राभल, आर्या ट्राभल, स्टडि डेस्टिनेशन सेन्टर, नेशनल एकेडेमी अफ प्राेफेसनल स्टडिज, न्युक्यासल कलेज अफ विजनेश एण्ड टेक्नाेलाेजी, सक्सेस एजुकेशनल कन्सलटेन्सी, सिटि पे, जेएलसीटी, भाइब एजुकेशन, डिकाेड जेनाेमिक्स एण्ड रिसर्च सेन्टर, सेन्ट्रल कलेज अफ विजनेश एण्ड टेक्नाेलाेजी, नेपाल व्रिज, अष्ट्रेलियन इन्सुरेन्स सर्भिसेस अलाइन्स, वाइट अर्कीड ट्राभल एण्ड टुर्स, इम्पायर ट्राभल लगायतले प्रायाेजन गरेका थिए।