काठमाडौँ- प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान)ले शनिबार काठमाडौँको बुढानिलकण्ठस्थित रोयल भिल्ला रिसोर्टमा वनभोज कार्यक्रमको आयोजना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट शैक्षिक परामर्श व्यवसायीहरूको छातासँगठन पिक्यानले पहिलोपटक वनभोज कार्यक्रमको आयोजना गरेको हो।
वनभाेज कार्यक्रमकाे औपचारिक सत्रमा बाेल्दै पिक्यान अध्यक्ष वासु नेपालले नेकपा एमाले निकट व्यवसायीबीच सहकार्यकाे वातावरण बनाउँदै अघि बढ्न र पिक्यानका सदस्यहरूलाई कमिटेड गराएर व्यवसायिक हक हितमा लाग्न यस्ता कार्यक्रमले थप सहयाेग पुग्ने बताए। उनले पछिल्लाे शैक्षिक परामर्श क्षेत्रकाे अवस्थालाई इंगित गर्दै उच्च शिक्षा विधेयकमा समावेश गरिएका व्यवसायीक हित विपरितका प्रावधान हटाउन पिक्यानले पहल गर्ने विषयमा जाेड दिए।
उनले भने, 'हामीले सरकारले माग गरे बमाेजिम परामर्श व्यवसायीसँग राय सुझाव माग गरेका छौँ। उच्च शिक्षा विधेयकलाई राय लिएर अघि बढाउने सवालमा पिक्यानको भूमिका महत्त्वपूर्ण हुनेछ। यो पार्टीको संगठन भएकाले यसमा सबैको भूमिका महत्त्वपूर्णहुन्छ।'
यस्तै कार्यक्रममा बाेल्दै प्रमुख अथिति एंव नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव भागिरथ सापकोटाले विदेशमा विद्यार्थी जानुको कारण परामर्श व्यवसयी हन् भन्ने गलत भाष्य निर्माण गरिएकाे बताए। उनले भने,' यो व्यवसाय विद्यार्थीलाई विदेश पठाउनका लागि हो। अहिले देशको जिडिपिमा सर्भिस सेक्टरको भूमिकf छ। सर्भाइबल अफ लाइफबाट सट्यान्डर अफ लाइफकाे माेडल हुँदै मानिसकाे जिवनशैली क्वालिटी अफ लाइफको अवधारणामा अघि बढेको छ। मान्छे त्यसकै खोजिमा विदेश गएका हुन्। राजनीतिक दलको नेतृत्वले रोजगारीको सृजना गरेर उद्यमशिलता तर्फ जोड दिनुपर्छ। देशमा धेरै भन्दा धेरै उद्यमी बनाएर मात्र विदेश पलायन हुने क्रम रोक्न सकिन्छ। व्यवसायिक मर्यादा बढाउन पनि यस्ता संगठनको भूमिका महत्वपूर्ण हुन्छ। पार्टीले पनि यसलाई त्यही रुपबाट हेरेकाे हुन्छ।'
कार्यक्रममा बाेल्दै स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का अध्यक्ष राजु निरौलाले यस संस्थालाई थप व्यवसायीक बनाउँदै व्यवसायीक मुद्दालाई उठाउन आवश्यक रहेकाे बताए। उनले भने 'शिक्षा विधेयकमा परामर्श व्यवसायीका मुद्दालाई समेट्दै अघि बढाउन आवश्यक छ। पिक्यानलाई शसक्त रुपमा अघि बढाउन हामीले सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।'
कार्यक्रममा नेकपा एमाले शैक्षिक परामर्श व्यवसायी इलाका कमिटी अध्यक्ष पुष्पराज भट्टराईले पिकनिकको माहोलमा शैक्षिक परामर्श व्यवसायी हुँदै गर्दा पार्टीको सदस्य पनि हौँ भन्ने कुरा विर्सन नहुने बताए। उनले भने,'संस्थाको सदस्ता लिन र पार्टी भित्र व्यवसायीक कुरा उठाउन यो संघले भूमिका निर्वाह गर्ने विश्वास लिएको छु। भाइचाराको सम्बन्ध विस्तार गर्दै व्यवसायीक हितमा यो शाखाको भूमिका रहने छ।'
यस्तै कार्यक्रममा बाेल्दै जालसानका सचिव महेश श्रेष्ठले नेकपा एमाले निकट परामर्श व्यवसायीलाई एकताबद्ध गर्ने र भाइचाराको विकास गर्न यस कार्यक्रमकाे भूमिका महत्वपूर्ण भएकाे बताए।
कार्यक्रममा पिक्यानका संस्थापक सहसंयोजक राजनकुमार श्रेष्ठले यस संस्थालाई विधिवत रुपमा दर्ता गरेर नेकपा एमालेमा आवद्ध व्यवसायीलाई एकतावद्ध गर्न सफल भएकाे र आगामी दिनमा अन्य आवद्ध नभएका नेकपा एमाले निकट व्यवसायीलाई पनि आवद्ध गर्दै एकजुट भएर अघि बढ्नुपर्ने बताए। उनले भने,'हामीले यो संस्था कुनै पनि अपेक्षा विना स्थापना गरेका हाैँ। विस्तारै साथिहरू जाेडिदै जानुभएकाे छ। यसमा एमाले निकट शैक्षिक परामर्श व्यवसायी आवद्ध हुनुहुन्छ।' उनले आगामी दिनमा पनि व्यवसायीक सहकार्यका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
यस्तै कार्यक्रममा बाेल्दै संघका संस्थापक संयोजक विष्णु पोखरेलले थप सदस्यहरू वृद्धि हुँदै जाने र प्रदेश जिल्ला कमिटी गठन गरेर यसलाई बृहत् बनाउँदै लान आवश्यक रहेकाे बताए। 'महfसंघमा पनि यस संघको प्रतिनिधित्व रहनेछ। महिला शसक्तिकरणका लागि महिला व्यवसायीहरूलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ', उनले भने।
पिक्यानमा आवद्ध सम्पूर्ण परामर्श व्यवसायीबीच आत्मियता बढाउन र व्यवसायीक सहकार्यको वातावरण तयार गर्न वनभाेज कार्यक्रमको आयोजना गरिएको पिक्यान उपाध्यक्ष एवं वनभोज कार्यक्रमका संयोजक दीपक खनालले जानकारी दिए।
कार्यक्रमलाई पिक्यान काेषाध्यक्ष राम थापाले सहजीकरण गरेका थिए। कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी महासंघका संयाेजक राजेन्द्र बराल, जालशान अध्यक्ष रमेश देवकाेटा लगायत सहभागी भएका थिए। पिक्यानले संघलाई याेगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्नुका साथै वनभाेज कार्यक्रमलाई सहयाेग गर्ने सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेकाे थियाे।