काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) ले पूर्वाञ्चलमा सदस्यता विस्तार गरेको छ।
यस अघि स्वतन्त्र शैक्षिक परार्श संघ नेपाल (फेकन)को कोशी प्रदेश संयोजक रहेका प्रचण्ड प्रकाश सुब्बा योङ्गा सहितको टोली एप्क्यान प्रवेश गरेको हो। सुब्बा एप्क्यान प्रवेश गरेसँगै उनलाई संयोजकको जिम्मेवारी तोकिएको छ।
एप्क्यान पूर्वाञ्चलको नयाँ सदस्यहरूमा विनोद पौडेल, घनस्याम खड्का, प्रविन लिम्बु, विजय तामाङ, शन्तोष पोखरेल, सविन वन, दिपक कुंवर, इन्दबहादुर कुंवर, रवि प्रधान, गोपाल डांगी, विवेक खतिवडा, विनोद तिरुवा, विष्णु कुमार लिम्बु, ग्रिस मिश्र, रोमन आचार्य लगायत रहेका छन्।

एप्क्यानले आयोजना गरेको कोरिया र हंगेरीको शैक्षिक गन्तव्यका विषयमा इन्फरमेशन शेसन कार्यक्रमकाबीच सदस्यता विस्तार गरिएको हो।
कार्यक्रममा एप्क्यान अध्ययक्ष प्रज्वल बस्नेतले एप्क्यानले व्यवसायीक हितमा काम गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दैँ आएको र यसलाई आगामी दिनमा थप शसक्त बनाउँदै लैनाले बताए। उनले व्यवसायीलाई युरोपका विभिन्न शैक्षिक गन्तव्यको बारेमा जानकारी दिएका थिए।
यसका साथै कार्यक्रममा एप्क्यान केन्द्रीय कार्यंसमिति सदस्य एवं अतिरिक्त क्रियाकलाप (ईसीए) विभाग प्रमुख नरेश सेडाइले कोरियाको शैक्षिक गन्तव्य, अध्ययन पश्चातका अवसर, त्यहाँको शैक्षिक नीति, भिसा आवेदन प्रक्रिया लगायतको विषयमा पूर्वाञ्चलका परामर्श व्यवसायीलाई जानकारी दिएका थिए।

कार्यक्रममा व्यवसायीको उपस्थितिले नै एप्क्यान पूर्वाञ्चलको गतिविधिलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन थप उर्जा प्राप्त भएको र आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम आयोजना गर्दै जाने एप्क्यानका महासचिव अनिल शर्मा पौड्यालले बताए।

उनले भने,‘एप्क्यानले देशभर छरिएर रहेका व्यवसायीलाई एकतावद्ध गर्दै अघि बढ्ने योजना बनाएको छ। हामीले पनि कुनै पनि संघमा आवद्ध नभएका व्यसायीलाई पनि एप्क्यानमा आउन आग्रह गरेका छौँ। एप्क्यान व्यवसायीक हितमा लड्ने साझा संस्था हो। यहि कुरालाई ध्यानमा राख्दै हाम्रो कार्यक्रम अघि बढाएका छौँ।’
उनले एप्यानले सदस्यता विस्तारसँगै विभिन्न नयाँ शैक्षिक गन्तव्यको बारेमा आफ्ना सदस्यलाई तालिम प्रदान गर्ने कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाउने बताए।
कार्यक्रममा एप्क्यान केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार बस्नेत, केन्द्रीय सदस्य प्रज्वल खत्री र साधारण सदस्य भुपाल अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे।