काठमाडौँ- जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान)ले यही माघ २० गते शनिवार रानीपोखरी परिसरमा साकुरा बृक्षारोपण गर्ने भएको छ ।
जाल्सानले जापानको राष्ट्रिय फुल साकुराको सौन्दर्य, महत्व र वतावरणमा पार्ने प्रभावलाई नेपालीहरूमाझ फैलाउने उदेश्यले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा रानीपोखरी परिसरमा साकुराको विरुवा रोप्न लागिएको जनाएको हो।
ऐतिहासिक स्थल रानीपोखरीमा साकुरा रोप्ने योजना अन्तर्गत काठमाडौ महानगरपालिका, वातावरण विभाग र वडा नं २७ सँग सम्झौता भइसकेको छ।
जाल्सानका पदाधिकारी र सदस्यहरु, नेपालका लागि जापानी राजदूतावासका प्रतिनिधि तथा महानगरका प्रतिनिधिहरुको उपस्थितिमा साकुरा बृक्षारोपण हुने जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए।
‘हामीले वर्षैपिच्छे काठमाडौंका विभिन्न स्थानमा साकुराको विरुवा रोप्दै आएका छौं,’ उनले भने, ‘कतिपय स्थानमा साकुरा फुल्न थालिसकेको छ, शहरको सौन्दर्य र वातावरणमा यसले ठूलो योगदान पुर्याउँछ।’ सामाजिक उत्तरदायित्व अन्तर्गत जाल्सानले बृक्षारोपण लगायत विभिन्न गतिविधिसमेत गर्दै आइरहेको देवकोटाले बताए।
नेपाल र जापानबीच रहँदै आएको मैत्री सम्बन्धलाई झनै प्रगाढ बनाउने उद्देश्यले नेपालको बिभिन्न ठाँउमा जापानीज संस्कृति ‘हानामी’लाई नेपालमा पनि फैलाउने उदेश्यले साकुरा पार्क बनाउने उद्देश्य अन्तर्गत साकुरा रोप्दै आएको जाल्सानले जनाएको छ।
यतिमात्र नभई जापानीज भाषा प्रवद्र्धनको लागि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको जाल्सानले यही माघ महिना भित्रै जापानिज ल्याङ्वेज स्पीच कन्टेस्ट पनि आयोजना गर्ने अध्यक्ष देवकोेटाले जानकारी दिए।