काठमाडाैँ- क्यानडा नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। क्यानडाले प्रदान गर्ने गुणस्तरीय शिक्षा नै विद्यार्थीको रोजाइमा पर्नुको पहिलो कारण हो। क्यानडामा अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित शैक्षिक गन्तव्य, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणले नेपाली विद्यार्थी क्यानडामा आकर्षित भएका छन्।
विद्यार्थीले अध्ययनका लागि आवेदन दिएसँगै भिसा पाउने दर अन्य मुलुकको तुलनामा बढी छ। विद्यार्थीको फाइनान्सियल लस नहोस भनेर शैक्षिक र आर्थिक अवस्थालाई ध्यानमा राख्दै क्यानडा अध्ययनमा जान चाहने विद्यार्थीलाई स्टडी डेस्टिनेशन सेन्टरले सहजीकरण गर्दै आएको छ।
क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीले आफू पढ्नकै जान लागेको भन्ने बुझ्नुपर्छ। अभिभावकले पनि आफ्नो सन्तान क्यानडामा पैसा कमाउन होइन पढ्न पठाएको सम्झनुपर्छ। क्यानडामा विद्यार्थी गएको ठाउँमा पार्ट टाइम कामको लागि अवसर छ कि छैन भन्ने बुझ्न विद्यार्थीलाई दुईदेखि तीन महिनासम्म लाग्छ। चिसो मैसम भएको मुलुक भएकाले आउटडोर एक्टिभिटिज कम हुन्छ।
त्यसैले क्यानडा जानुपूर्व आफू जादाँ लाग्ने लागत खर्च, त्यहाँ गएपछि बसोबासको व्यवस्थाको विषयमा पूर्ण रुपमा जानकारी लिएर मात्र जानुपर्छ। हामीले विद्यार्थीलाई त्यहाँ गएपछि सबै सजिलो हुन्छ भनेका छैनौँ। उनीहरू क्यानडा गएपछि त्यहाँ संघर्ष गर्नुपर्छ भन्ने विषयमा पहिले नै सचेत हुनुपर्छ। स्थायी बसोबासका हिसाबले पनि क्यानडामा अवसर छ।
क्यानडा बसोबासका हिसाबले एकदमै खर्चिलो ठाउँ हो। कोठा भाडामा लिएर बस्न पनि महंगो पर्छ। विद्यार्थीले पार्ट टाइम काम गरेर आर्जन गरेको पैसाले आफ्नो दैनिक खर्च धान्नै मुस्किल पर्छ। अभिभावकले पनि दुईवर्ष आफ्नो सन्तानले क्यानडा गएर पैसा कमाउन सक्दैन भन्ने बुझ्नुपर्छ। क्यानडामा विद्यार्थीले कमाएर कलेजको फी तिर्न सक्छ भन्ने भ्रम पाल्नु हुँदैन।
स्नातक तह उत्तीर्ण गरेर स्नातकोत्तर तहमा अध्ययन गर्ने जाने विद्यार्थीले पनि कलेजमा पढ्नु नै पर्ने भएकाले काम गरेर शिक्षण शुल्क तिर्न सक्ने अवस्था हुँदैन। अभिभावकले भिसा पाउने भन्दा पनि गुणस्तरीय शिक्षाको विषयमा ध्यान केन्द्रित गर्नुपर्छ। क्यानडा जाने वित्तिकै सहज हुन्छ भन्ने होइन। दुईवर्ष पढेपछि विद्यार्थीले अनुभव लिन सक्छन्। विद्यार्थीलाई प्राविधिक र व्यवसायीक कोर्समा अध्ययन गर्न जानु उपयुक्त हुन्छ। क्यानडा जाने विद्यार्थीको उद्देश्य के हो भन्ने प्रमुख विषय हो।
आर्थिक रुपमा सवल विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाएर मात्र हामीले उनीहरूको भिसा आवेदन प्रक्रिया अघि बढाउँछौँ। विद्यार्थीले आफू अध्ययनमा जाने कलेज, पढ्ने विषय र अध्ययनपश्चातका अवसरका बारेमा बुझेर मात्र क्यानडा जानु उपयुक्त हुन्छ। विद्यार्थीले रिसर्च गरेर स्टेटमेन्ट अफ प्रपोज (एसओपी) लेख्नुपर्ने हुन्छ। उसले आफ्नो भविष्यको योजना र अवसरको विषयमा स्पष्ट रुपमा बुझेर मात्र जानुपर्छ।
आवश्यक योग्यता
सर्वप्रथम त विद्यार्थीको एकेडेमीक सिजिपिए कति छ भन्ने नै महत्वपूर्ण हुन्छ। एकेडेमीक रुपमा उत्कृष्ट, अंग्रेजी भाषामा दक्ष विद्यार्थीलाई भिसा पाउन सहज हुन्छ। इङ्लिस प्रोफिसेन्सी टेस्ट (आईईएलटीएस, टोफल, पीटीईमा) राम्रो स्कोर ल्याउनु पर्छ। आईईएलटीएसमा इच व्याण्ड ६, टोफलमा ८० र पीटीईमा ६० भन्दा माथि स्कोर ल्याउँदा भिसा पाउन सहज हुन्छ। क्यानडाको भिसा रिजेक्सन हुनुको पहिलो कारण भाषा नै प्रमुख हुने गरको छ। यस्तै विद्यार्थीले भाषागत रुपमा राम्रो तयारी गरेपछि क्यानडा अध्ययनमा जान आर्थिक कागजात बनाउदा पनि ध्यान दिनुपर्छ। आर्थिक रुपमा सवल, परिवारको आम्दानीको स्रोत स्पष्ट देखिनेगरी फाइनान्सियल डकुमेन्ट तयार गर्नुपर्ने हुन्छ।
रोजगारीको अवसर
विद्यार्थी पढ्नकै लागि जाने भएकाले पढाइको अवधिमा पार्टटाइम काम गर्न पाउँछन्। विद्यार्थीले क्यानडामा हप्ताको २० घण्टा काम गर्न पाउछन्। यसरी काम गरेको पैसाले उसको दैनिक खर्च चल्न सक्छ तर कलेज फी तिन सक्ने अवस्था हुँदैन। त्यसैले नेपालबाटै एक वर्षको कलेज फी तिरेर क्यानडा जानु उपयुक्त हुन्छ। क्यानडा सरकारले समयसमयमा विद्यार्थीलाई पनि विदाको बखतमा फूल टाइम काम गर्ने अवसर प्रदान गर्छ। क्यानडा सरकारले विदेशी विद्यार्थीलाई अध्ययन पश्चात ३ वर्ष काम गर्ने अधिकार प्रदान गरेको छ। त्यसपछि स्नातक उत्तीर्ण गरेको विद्यार्थीले स्नातकोत्तर तहमा अध्ययन गर्न पाउँछन्।
लागत खर्च
लागत खर्चको हिसाबले क्यानडामा छात्रवृत्ति अवसर नहुने भएकाले शिक्षण शुल्क तिनुपर्ने हुन्छ। नेपालबाट क्यानडाको सरकारी विश्वविद्यालयमा विद्यार्थी पढ्न जाने भएकाले त्यहाँका सबै विश्वविद्यालयले शिक्षण शुल्कमा एकरुपता देखिन्छ। जसले गर्दा नेपाली विद्यार्थीले लगभग १५-१६ लाख शुल्क तिरेर भर्ना हुन पाउँछन्। नेपालबाट क्यानडा अध्ययनमा जादाँ प्रति विद्यार्थी करिब २२ लाख रुपैयाँ खर्च हुन्छ। क्यानडा अध्ययनमा जानुपूर्व बैंक लोन अथवा आफ्नो खातामा पैसा राखेर मात्र एप्लाई गर्नुपर्ने हुन्छ।
एसडीसी नै किन ?
एसडीसीले विद्यार्थीलाई क्यानडा अध्ययनमा जानुपूर्व गर्नुपर्ने तयारीको विषयमा जानकारी दिने गरेको छ। एसडीसी विगत लामो समयदेखि शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको संस्था हो। यहाँबाट अप्लाई गरेका विद्यार्थीले भिसा पाएका छन्। म आफै पनि क्यानडाका विश्वविद्यालयमा गएर त्यहाँको शैक्षिक अवस्थाको बारेमा बुझेर आएकाले पनि यहाँबाट अप्लाई गरेर जाने विद्यार्थीले दुःख पाउनुपर्दैन।
क्यानडा अध्ययनको बारेमा विद्यार्थीलाई आइपर्ने समस्याको विषयमा हामीले नेपालमा मात्रै नभएर क्यानडा पुगेपछि पनि सपोर्ट गर्दै आएका छौँ। विद्यार्थीलाई गाह्रो नहोस भनेर हामीले क्यानेडियन सिम उपलव्ध गराउन, कोठा खोजिदिन, विद्यार्थीलाई एअरपोर्टबाट बस्ने ठाउँसम्म लाने व्यवस्था मिलाउँदै आएको छ।
एसडीसी क्यानडा अध्ययनका लागि विद्यार्थी पठाउने मान्यता प्रापत शैक्षिक परामर्शदातृ संस्था भएकाले पनि यहाँबाट क्यानडाबारे सम्पूर्ण जानकारी लिएर मात्र प्रक्रिया सुरु गर्न सुझाब दिन्छु। हाम्रो सेवाबाट सन्तुष्ट भएकै कारण क्यानडा अध्ययनमा जाने विद्यार्थीको रोजाइमा एसडीसी पर्ने गरेको छ।