काठमाडाैँ- जापान नेपाली विद्यार्थीहरूको रोजाइको शैक्षिक गन्तव्य हो। गत वर्ष जापानमा अध्ययन गर्न जान नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट २१ हजार ६ सय ९१ जना विद्यार्थीले विदेश अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए।
जापान नेपाली विद्यार्थीका लागि दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। जापान उपयुक्त शैक्षिक गन्तव्य हुनुको कारण यो एसियन मुलुकका साथै साँस्कृतिक रुपमा पनि नेपाली विद्यार्थी सहजरुपबाट भिज्न सक्छन्। यहाँ विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको अवसरहरू पनि छन्।
शैक्षिक गुणस्तरका हिसावले पनि दुईवर्ष जापानीज भाषा अध्ययन गरे पश्चात उनीहरूले विश्वविद्यालयमा भर्ना भएर थप उच्च शिक्षा हासिल गर्न सक्छन्। उनीहरूले सम्बन्धित विषयमा जागिर पनि पाएका छन्। जापानको शिक्षा प्रविधिमैत्री हुनुका साथै नवप्रवर्तनसँग जोडिएको छ।
जापानमा नेपालीले स्थायी बसोबास र परिवारसँगै बसेर व्यापार व्यवसायमा पनि सम्लग्न भएको पाइन्छ। जापानमा नेपाली समुदाय बढ्दै गएकाले दैनिकीमा भने अहिले केही सहज हुँदै गएको छ। नेपाली विद्यार्थीले जापानलाई नै आफ्नो शैक्षिक गन्तव्य बनाउन सक्छन् जसका लागि जापानमा भएको गुणस्तरीय सेवा सुविधा नै महत्वपूर्ण हो। त्यहाँको प्राविधिक शिक्षा विश्वमै उत्कृष्ट हुनुका साथै अध्ययन पश्चात अवसरहरूका लागि सहजता हुन्छ। अध्ययन पश्चात त्यहाँका कम्पनिले ग्राजुएसन अघि नै जब सेटलमेन्ट हुन्छ।
जापान जानुपूर्व भाषागत दक्षता हासिल गरेरमात्र जानुपर्ने भएकाले सम्बन्धि स्कुलको सिओई आएपछि मात्र शुल्क तिरेर भिसाका लागि आवेदन दिन सक्छन्। जापान अध्ययनमा जान १२ देखि १६ लाख रुपैमासम्म खर्च लाग्छ।
जापान पठाउने भनेर कतिपय कन्सल्टेन्सीले विद्यार्थीलाई गलत इन्फरमेशन दिइरहेका हुन्छन् । आफुलाई परामर्श दिने कन्सल्टेन्सीको बारेमा बुझ्नुपर्छ। कन्सल्टेन्सीको आधिकारिकता, विगतमा विद्यार्थी पठाएको नपठाएको, उसले कस्ता भाषा विद्यालय, कलेज र विश्वविद्यालयका लागि काम गरिरहेछ त्यो पनी बुझ्नु पर्छ।
नेपाली विद्यार्थीले कागजपत्र बनाउँदा ध्यान दिनुपर्छ। कतिपय कागजपत्रमा नेपालमा एकरुपता नै हुँदैन। एकै ठाउँको डकुमेन्ट पनी फरक-फरक हुन्छ। त्यसैले सरकारी निकायबाट बनाएको डकुमेन्ट, स्कुल, कलेजको सर्टिफिकेटहरूमा ध्यान दिनुपर्छ। स्कुलको डकुमेन्ट, ट्रान्सक्रिप्टमा एउटा नाम हुन्छ, क्यारेक्टर सर्टिफिकेटमा अर्को। सर्टिफिकेटमा डेटअफ वर्थ नै मिलेकाे हुँदैन।यस्तै कारणले धेरै विद्यार्थीले समस्या भाेगेका छन्। जापान जानका लागि तयार गरिने कागजपत्रमा एउटा अक्षर पनि फरक हुनु हुँदैन।
नेपालबाट जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थीले शैक्षिक परामर्श दातृसंस्थाको गएर आफ्नो उद्देश्य अनुसार अघि बढ्न योजना तर्जुमा गर्नुपर्छ। सबै परामर्श व्यवसायीले आवश्यक शैक्षिक परामर्श र तालिम नदिन पनि सक्छन्।
काठमाडौँको बागबजारमा रहेको डिडास योकोसोले विगत १० वर्षदेखि जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा र भाषा तयारी कक्षा उपलव्ध गराउँदै आएको छ। यहाँको सेवाबाट अभिभावक र विद्यार्थीहरू सन्तुष्ट पनि हुनुहुन्छ। यहाँबाट विदेश अध्ययनमा जाने विद्यार्थी र अभिभावक दुवैलाई यसबारे जानकारी दिएर जापान गएपश्चात पनि पार्टटाइम काम र बसोबासका लागि सहजिकरण गर्ने गरेका छौँ।
जापान गएपछि आफूलाई चाहिने आवश्यक पूर्वतयारीको विशेष कक्षा पनि सञ्चालन गर्दै आएका छौँ। यो शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को सदस्यता प्राप्त अनुभवि संस्था पनि हो। जसले गर्दा यहाँको सेवाबाट अभिभावक र विद्यार्थी दुवैले लाभ लिन सक्छन्।
भाषागत दक्षता
जापान अन्य मुलुकमा भन्दा भाषागत दक्षता हासिल गरेर जानु उपयुक्त हुन्छ। जापानीजहरूले अन्य भाषालाई कम मान्यता दिएका कारण विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकेका हुँन्छन्।
जापानीज भाषाको टेस्ट (एनटु लेभल) उत्तीर्ण गरेकाले मात्र विश्वविद्यालयमा भर्ना पाएको अवस्था छ। विदेशी विद्यार्थीले भाषागत दक्षता हासिल नगरेसम्म राम्रो कलेज र काम पाउन सकिदैन।
विद्यार्थीले जापनीज भाषाको छोटो अनुच्छेदहरू पढ्नु पर्छ जसको लागि जापानी भाषाको राम्रो ज्ञान हुनु जरुरी छ। जापानी वर्णमालालाई काना भनिन्छ जस्तै काताकाना, हिराकाना, खान्जी मिस्रित वाक्यहरुलाई विद्यार्थीले पढ्न सक्ने हुनुपर्दछ।
राेजगारीकाे अवसर
नेपालबाट मध्यम वर्गिय परिवारका विद्यार्थी पनि अध्ययनका लागि गएका छन्। उनीहरूले अध्ययनकै क्रममा हप्ताको २८ घण्टा काम गर्न पाउछन्। दैनिक रुपमा चार घण्टा र विदाको समयमा पनि काम पाउने भएकाले शिक्षणशुल्क तिर्न विद्यार्थीलाई त्यति समस्या हुँदैन।
सार्वजनिक विदाको समयमा पनि विद्यार्थीले दैनिक रुपमा ८ घण्टा काम गर्न पाउँछन्। तर जापानमा काम गर्नकै लागि गएको हो भन्ने सोच्नु हुँदैन। जापानको नीति नियममा रहेर काम गर्नुपर्ने हुँन्छ।
विद्यार्थीले जापानमा आफ्नो बायोडाटा दिएर सिप र योग्यता अनुसार काम खोज्न सक्छन्। विद्यार्थीले अध्ययन गर्दै गर्दा डिपार्टमेन्ट स्टोर, सुपरमार्केट, फास्टफुड क्याफे, ग्राेसरी, क्लिनिङ आदिमा पार्टटाइम काम पाउन सक्दछन्। उच्च शिक्षा अध्ययन गरिसकेपछि भने विभिन्न मल्टीस्टार कम्पनीमा काम पाउने सम्भावना रहन्छ।
नाेट: यदी हजुरहरू पनि जापान अध्ययनमा जाने याेजनामा हुनुहुन्छ र उपयुक्त शैक्षिक परामर्शदातृ संस्थाकाे खाेजीमा हुनुहुन्छ भने डिडिसा याेकाेसाे भाषा तयारी कक्षा र त्यसपछिका प्रक्रियाका लागि उपयुक्त परामर्श दातृ संस्था हुन सक्छ। थप जानकारीकाे लागि यहाँ सम्पर्क गर्न सक्नुहुनेछ।