काठमाडौँ- शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार आयोजना गरेको एक दिने ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर-२०२४’मा विद्यार्थी उल्लेख्य मात्रामा सहभागी भएका छन्। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमा आयोजना गरेको मेलामा विद्यार्थीले विदेश अध्ययबारे विभिन्न मुलकका शैक्षिक गन्तव्यका बारेमा जानकारी लिएका हुन्।
मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी दिएका थिए। केआईईसीका प्रवन्ध निर्देशक राजेन्द्र रिजालले छोटो समयमा गरिएको तयारीका बाबजुत मेलामा एक हजार भन्दा बढी विद्यार्थी र अभिभावकले विदेश अध्ययनबारे जानकारी लिएको बताए।
उनले भने,‘यसले गर्दा विद्यार्थी र अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा शैक्षिक गन्तव्यको बारेमा विश्वविद्यालयकै प्रतिनिधीबाट एकै ठाउँमा सम्पूर्ण जानकारी लिने अवसर प्राप्त भएको छ। आजा फेयरमा भएको उल्लेख्य सहभागिताले हामीलाई पनि थप उर्जा प्राप्त भएको छ।’
केआईईसीले मेलामा सहभागि भएका विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरू पनि प्रदान गरेको थियो।
केआईईसी नेपालबाट विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने देशभर शाखा विस्तार भएको प्रमुख परामर्शदातृ संस्था हो। केआईईसीबाट स्थापनाको १८ वर्षमा हजारौँको संख्यामा विदेश अध्ययनमा जाने विद्यार्थीले सेवा लिइसकेका छन्।
केआईईसीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई पूर्वतयारी कक्षा पनि समेत सञ्चालन गर्दै आएको छ। मेलामा पूर्वयतारी कक्षाका लागि विद्यार्थीलाई विशेष छुट प्रदान गरिएको थियो।