काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। मन्त्रालयले वेवसाइट मार्फत मस्याैदा सार्वजनिक गर्दै १५ दिन भित्र सराेकारवालासँग राय/सुझाव माग गरेकाे हाे।
मस्यौदामा केन्द्रीय विश्वविद्यालय र प्रदेशका विश्वविद्यालयकाे पदाधिकारी नियुक्तिका विषयदेखि विश्वविद्यालय सेवा आयाेग गठन गर्ने, विदेशी विश्वविद्यालयकाे सम्बन्धनमा नेपालमा कलेज सञ्चालन गर्दा पूरा गर्नुपर्ने मापदण्ड, शैक्षिक परामर्श व्यवसाय सञ्चालनका मापदण्ड लगायतका विषय समावेश गरिएका छन्।
मस्याैदा माथि सराेकारवालासँग छलफल गरेर हेरफेर गरिने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकाेटाले जनकारी दिए।
उनले भने,'मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामा ;सराेकारवालासँग १५ दिन भित्र राय सुझाव माग गरिएको छ।'
उक्त विधेयकमा स्वदेश तथा विदेशबाट सुझाव दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ।
मन्त्रालयले तयार गरेको उच्चशिक्षा ऐन, २०८० को मस्यौदामा विश्वविद्यालय स्थापना र सञ्चालनका लागि राष्ट्रिय मापदण्ड निर्धारण गरिएको छ ।
उच्च शिक्षा विधेयककाे प्रारम्भिक मस्याैदा