काठमाडाैँ- नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको संख्यामा वृद्धि भएसँगै शैक्षिक गन्तव्यहरू पनि परिवर्तन भएका छन्। नेपालबाट अष्ट्रेलिया, जापान, युके, क्यानडा, अमेरिका, भारत लगायतका मुलुकमा उच्च शिक्षा आर्जन गर्न विद्यार्थी जाने गरेका छन्। यसलाई परामर्श व्यवसायीले सहजीकरण गर्दै परामर्श सेवा उपलव्ध गराउँदै आएका छन्। जापानको शैक्षिक अवस्था र त्यहाँ जानुअघि विद्यार्थीले ध्यानदिनुपर्ने कुराहरूका विषयमा लामो समयदेखि शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको काठमाडौँ पुतलिसडकको स्टारमल स्थित एलमिरा इन्टरनेशनलका कार्यकारी निर्देशक विमन कार्कीसँग गरिएको संवादको सम्पादित अंश।
नेपाली विद्यार्थीले जापानलाई आफ्नो शैक्षिक गन्तव्यको रुपमा किन रोज्ने?
जापान नेपाली विद्यार्थीको रोजाइको दोस्रो ठूलो शैक्षिक गन्तव्य हो। मध्यम वर्गिय परिवारका विद्यार्थीले जापानलाई पहिलो रोजाइको गन्तव्य बनाएका पनि छन्। नेपाली विद्यार्थी भाषागत दक्षता हासिल गरेर जापानकाे इन्टेक अनुसारको कोर्समा भर्ना हुन्छन्। काम गर्दै पढ्न सकिने मुलुक भएकाले पनि विद्यार्थीलाई सहज हुन्छ।
विद्यार्थीले सुरुमा भाषा अध्ययन गर्न जाने र पछि विश्वविद्यालयमा भर्ना भएर प्राविधिक शिक्षा आर्जन गरेका छन्। जसले गर्दा उनीहरूकाे सीप र दक्षता वृद्धिमा सहयाेग पुग्छ। नेपालबाट स्नातक तह उत्तिर्ण गरेर गएका विद्यार्थीकाे स्टडी भिसालाई वर्किङ भिसामा परिवर्तन गर्ने अवसर पनि छ। भाषा जानेका विद्यार्थीले चाडै काम पाउने भएकाले पनि जापान नेपाली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
जापानमा विद्यार्थीलाई रोजागारी र स्थायी बसोबासका लागि अवसर छ कि छैन?
जापान जाने विद्यार्थीले अध्ययनसँगै काम गर्न पाउँछन्। उनीहरूले भाषागत दक्षता हासिल गरेर विश्वविद्यालयको डिग्री पास गरेपछि आफ्नो विद्यार्थी भिसालाई वर्किङ भिसामा परिवर्तन गर्न पाउँछन्। विद्यार्थीलाई जापानले काम गर्ने अवसर दिएको छ तर स्थायी बसोबासका लागि भने धेरै मापदण्डहरू निर्धारण गरिएको छ।
विद्यार्थी जापानमा अध्ययन पश्चात आफूले दक्षता हासिल गरेको विषयमा रोजगारी पाउँछन्। त्यसैले विद्यार्थीले जापानमा गएर आफ्नो पढाइलाई नै प्राथमिकता दिनुपर्छ। विद्यार्थीले आफूले पढेको रिलेटेड सब्जेक्टमा नै आफ्नो करिअर बनाउनुपर्छ।
जसले गर्दा विभिन्न कम्पनिको उच्च स्थानमा अवसरको ढोका खुल्छ। विद्यार्थीले पढाई बीचमा छोडेर वर्किङ भिसामा परिवर्तन पनि गर्ने गरेका छन्। यसो गर्दा विद्यार्थीको सिप र दक्षता विकास हुँदैन। त्यसैले आफ्नो दक्षता वृद्धि गर्न विश्वविद्यालय शिक्षामा प्राथमिकता दिनुपर्छ।
नेपालबाट जापान गएका धेरैजसो विद्यार्थीले अध्ययन पश्चात् पाँच वर्ष काम गरिसकेपछि त्यहाँको पासपोर्ट लिने अवसर पाएका छन्।जसले गर्दा उनीहरूलाई जापानीज सहर नै सेवा सुविधाको अवसर सृजना हुन्छ।
जापान अध्ययनमा जाने विद्यार्थीले एलमिराबाट के-के सुविधा पाउँछन्?
जापान अध्ययनमा जाने विद्यार्थीलाई हामीले आवश्यक सम्पूर्ण विषयमा सहजिकरण गर्ने गरेका छाैँ। यसकासाथै उनीहरूलाई भाषा तयारी कक्षा सञ्चालन गरेर दक्षता वृद्धि गर्ने, विद्यार्थीलाई जापानको शिक्षा प्रणाली, संस्कृतिको बारेमा जानकारी उपलव्ध गराउँछाैँ। एलमिराले विद्यार्थी जापान अध्ययनमा गएपछि पनि उनीहरूलाई पार्टटाइम काम, आवास, लगायतका विषयमा सहजिकरण गर्दै आएकाे छ।
विद्यार्थी र अभिभावकले परामर्श व्यवसायीको आउँदा वुझ्नुपर्ने कुराहरू के-के छन्?
विद्यार्थीले आफू अध्ययन गर्न जान खोजेको देश, त्यहाँको शिक्षा नीति, विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, लागत खर्च, बस्ने स्थान लगायतका विषयमा जानकारी लिनुपर्छ। यसका साथै आफू अध्ययन गर्न जाने शिक्षणसंस्थाको शुल्क, आवासिय खर्चको बारेमा जानकारी लिनुपर्छ। यी विषयमा अहिले प्रत्येक देशको विश्वविद्यालयका वेवसाइटमा पनि सूचना तथा जानकारीहरू राखिएको हुन्छ। त्यसलाई हेर्नुपर्छ।
विद्यार्थी र अभिभावकले एलमिरा इन्टरनेशनललाई नै किन रोज्ने?
एलमिरा इन्टरनेशनल विगत १६ वर्षदेखि परामर्श सेवामा सक्रिय संस्था हो। जसले अभिभावक र विद्यार्थीलाई विदेश अध्ययनबारे शैक्षिक परामर्श सेवा उपलव्ध गराउँदै आएको छ। विद्यार्थीलाई जापान, अष्ट्रेलिया, क्यानडा लगायतका शैक्षिक गन्तव्य र त्यहाँका विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययनपश्चात रोजगारीको अवसरका बारेमा सत्यतथ्य जानकारी दिने काम गरेका छौँ।
विद्यार्थीले आफू अध्ययन गर्न जाने मुलुकको स्कुल, कलेज र युनिभर्सिटि लक्षित दिशानिर्देश गर्ने काममा एलमिराले सहजिकरण गर्दै आएको छ। जसका कारण एलमिरा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको छ।