काठमाडौँ- राइटपाथ करिअर काउन्सिलिङले सातौँ वार्षिकोत्सव सम्पन्न गरेकाे छ। राइटपाथले पुतलिसडक स्थित प्रधान कार्यालयमा एक कार्यक्रममाबीच आफ्नो स्थापना दिवस मनाएको हो।
वार्षिकोत्सव समाराेहमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष विष्णुहरि पाण्डे, उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु), राइटपाथका साझेदार शैक्षिक संस्थाका प्रतिनिधि लगायत अन्य परामर्श क्षेत्रका व्यक्तित्वहरकाे उपस्थिति रहेकाे थियाे।
राइटपाथकाे वार्षिकाेत्सव समाराेहमा बाेल्दै इक्यान अध्यक्ष भट्टराईले राइट पाथले उच्च शिक्षाका लागि विदेश अध्ययनमा जान चाहने विद्यार्थीको रोजाइमा पर्न सफल एक उत्कृष्ट परामर्शदातृ संस्था भएको बताए। उनले भने,' राइटपाथ नेपालमा धेरै शाखा कार्यालय हुने संस्थामध्ये एक हाे जसले व्यवसायीक रुपमा सेवा प्रदान गर्दै आएकाे छ। संस्थागत आचारसंहितालाई पालना गर्दै अघि बढ्ने विश्वास लिएकाे छु। राइटपाथकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु।'

कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले छोटो समयमा संस्थाले प्राप्त गरेको उल्लेखनीय सफलताका लागि बधाई दिए। उनले भने,' देशका विभिन्न ठाउँमा शाखा खोलेर विदेश जाने विद्यार्थीको चाहनालाई राइटपाथले सहज बनाएको छ।राइटपाथले राइट गाइडेन्स गरेर अभिभावक र विद्यार्थीकाे मन जित्न सफल भएकाे छ। यसले स्वदेशमा मात्रै नभएर विदेशमा पनि सेवा प्रदान गर्न सफल भएकाे छ।'

यस्तै कार्यक्रममा बोल्दै राइटपाथका सिइओ फिलिप डिसीले सबैकाे साथ र सहयोगले संस्था आजकाे अवस्थासम्म आइपुगेकाे र गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारासहित आजसम्म आफ्नो उद्देश्य अनुसार काम गर्न सफल भएकाे बताए।

वार्षिकोत्सवकै अवसर पारेर राइटपाथले क्रिकेट विश्वकपका 'प्रिडेक्ट एण्ड विन' प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ। प्रतियोगिताकाे विजेता दाङका राेहित अधिकारीलाई आइफोन १५ पुरस्कार स्वरुप प्रदान गरिएकाे थियाे।













