काठमाडौँ- सक्सेस अव्रोड स्टडीले दशौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। सक्सेसले एघारौँ वर्षमा प्रवेश उपलक्ष्यमा बागबजार स्थित नयाँ कार्यालयको उद्घाटन गर्दै दशौँ वार्षिकोत्सव मनाएको हो।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको यस संस्थाले दशौँ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई विभिन्न सेवामा छुट प्रदान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा इक्यानका अध्यक्ष शेष राज भट्टराई र उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) लगायत अन्य परामर्श क्षेत्रका व्यक्तित्वहरु उपस्थित भएका थिए।
कर्यालयको उद्घाटन पछि सक्सेस एब्रोड स्टडीलाई बधाई तथा शुभकामना दिदैँ इक्यान अध्यक्ष भट्टराईले सक्सेस एब्रोड स्टडी उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीको रोजाइमा पर्न सफल एक उत्कृष्ट परामर्शदातृ संस्था भएको बताए।
कार्यक्रममा बोल्दै सक्सेसका प्रबन्ध निर्देशक भवनाथ हुमागाईले विभिन्न कठिनाई झेल्दै आज यो स्थितिसम्म ल्याउन सबैबाट सहयोग पाएको बताए।
सुरुवाती दिनमा जापान अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श सेवा र भाषा तयारी कक्षा अध्यापन गराउँदै आएको सक्सेसले हालका दिनमा अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियालगायतका मुलुकमा विद्यार्थीलाई परामर्श सेवा उपलव्ध गराउँदै आएको छ।
एक दशकमा सक्सेसले प्राप्त गरेको उचाइ र विद्यार्थी अभिभावकबाट प्राप्त गरेको माया अनि विश्वास नै संस्थाले आर्जन गरेको सम्पत्ति भएको प्रवन्ध निर्देशक हुमागाईंले बताए।
दशौँ वार्षिकोत्सवको अवसरमा नयाँ कार्यालय उद्घाटन गर्नेदेखि जापानिज र अंग्रेजी भाषा कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई विशेष छुट प्रदान गरिएको थियो।