काठमाडौँ- सक्सेस अव्रोड स्टडी एघारौँ वर्षमा प्रवेश गरेको छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको यस संस्थाले स्थापनाको दश वर्ष पूरा गरेको हो।
दशौँ वार्षिकोत्सवको अवसरमा नयाँ कार्यालय उद्घाटन गर्नेदेखि यस दिन जापानीज र अंग्रेजी भाषा कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई विशेष छुटमा भाषा तयारी कक्षा अध्यापन गराउने संस्थाका कार्यकारी निर्देशक भवनाथ हुमागाईले जानकारी दिए।
स्थापनको दश वर्षमा परामर्श व्यवसायमा भएका परिवर्तन र उताचढावलाई स्मरण गर्दै निर्देशक हुमागाईले भने,‘ यस व्यवसाय सञ्चालन गर्न सजिलो थिएन त्यहीँमाथि माध्यमिक शिक्षकको सरकारी जागिर छोडेर यस व्यवसायमा हात हालेको मान्छे। सुरुवाति कालमा भोगेका समस्याले यस व्यवसायमा स्थायित्वको डर लाग्थ्यो तर अहिले यस संस्था दश वर्ष पुरा भएको छ। हामी बागबजार स्थित नयाँ कार्यालयमा स्थानान्तरण भएका छौँ। अभिभावक र विद्यार्थीले यति धेरै माया दिनुभएको छ कि हामी सदैव उहाँहरूको ऋणि भएका छौँ।’
दशौँ वार्षिकोत्सवको अवसरमा सक्सेसले विद्यार्थीलाई जापानीज भाषा संस्कृतिको बारेमा जानकारी दिनुका साथै विभिन्न उपहारहरू र विशेष परामर्शको व्यवस्था गरेको छ।
कर्यालयको उद्घाटन नेपाल शैक्षिक परामर्श व्यसायीसंघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले गर्ने निर्देशक हुमागाईले जानकारी दिए। उनले मंगलबार दश बजे दशाैँ वार्षिकाेत्सव समाराेहमा सहभागि हुन अन्य परामर्ष व्यवसायीहरूलाई पनि आमन्त्रण गरिएको बताए।
अहिले सक्सेसको भिसा सक्सेस रेट पनि राम्रो भएको र दक्ष अनुभवि व्यक्ति द्वारा जापान मात्रै नभएर अन्य मुलुक क्यानडा, अष्ट्रेलिया र युकेमा अध्ययन गर्न जाने विद्यार्थीलाई पनि सेवा प्रदान गर्ने अवस्थामा पुगेको उनको भनाइ छ।
सक्सेसबाट दशवर्षमा जापानमा अध्ययन गर्न गएका विद्यार्थीमध्ये ३० प्रतिशत विद्यार्थी सिप र दक्षता हासिल गरेर नेपाल फर्किसकेका छन्। सक्सेसले विद्यार्थीलाई परामर्शसँगै जापानमा पनि वसाई र आंशिकसमयमा राेजगारीका लागि सहिजकरण गर्दै आएकाे छ।